श्रीलंकामा रेसिङ कारका कारण ७ जना ठहरै, सेना मुछियो

१० वैशाख,एजेन्सी ।

श्रीलंकामा आइतबार रेसिङ प्रतियोगितामा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो। मृत्यु हुनेमा कार कुदाउने प्रतियोगिता आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ।

प्रहरीबाट प्राप्त जानकारीका अनुसार सेन्ट्रल हिल रिसोर्टमा कार रेसिङका क्रममा कार अनियन्त्रित भई ट्र्याकबाट खसेर दर्शक ग्यालरीमा बसेका व्यक्तिलाई किचेर दुर्घटना भएको हो । कार रेस श्रीलंकाली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलंकाली सेनाको २८औं कार्यक्रम थियो।

Advertisement

कार रेस प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए। तर, यो दुर्घटनापछि कार्यक्रम बीचमै रद्द गरिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ। नयाँ वर्षको छुट्टीको मौसममा, छुट्टी मनाउनेहरू सेन्ट्रल हिल्समा पुग्छन्। जहाँ कार दौड र घोडा दौड जस्ता धेरै प्रतियोगिताहरू हुन्छन्।

श्रीलंकाली सेनाले अन्तिम पटक २०१९ मा ’फक्सहिल’ दौड आयोजना गरेको थियो, तर २०१९ को इस्टर आक्रमणपछि अचानक रोकिनुपरेको थियो। पाँच वर्षपछि पुनः दौड आयोजना गर्न लागिएको भए पनि आइतबार भएको भीषण दुर्घटनापछि पुनः स्थगित भएको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top