×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

भोलि राजा आउने, सरकारले दियो सार्वजनिक विदा

१० बैशाख २०८१

१० वैशाख,काठमाण्डौ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलो पटक भोलि मंगलबार औपचारिक रुपमा नेपाल भ्रमण आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक विदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा विदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेको परराष्ट्रले जनाएको छ । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् । कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् ।

वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौंबाट फर्कने भ्रमण तालिका छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

कतारी अमिर फिलिपिन्स, बंगलादेशपछि नेपाल आउनेछन् । सन् १९८० मा जन्मिएका तमिम सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा उस्चस्तरीय भ्रमण हो ।

कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरुबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको छ । सचिव मरासिनी गत असोज १५ देखि निलम्बनमा थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेमेन्ट गेटवे खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । विशेष अदालतले उक्त मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थसचिवको जिम्मेवारी दिइएको हो । अर्थसचिवको जिम्मेवारी सम्हाल्दै आएका कृष्णहरिपुष्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

Advertisement

सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । बैठकले अध्यादेश पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । विपद्बाट क्षति भएका तथा निजी आवास प्रवलीकरण पुनर्स्थापना तथा पुर्नर्निमाण गर्न तीन तहको सह–लगानी हुन सक्ने गरी विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि भएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top