वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने टोलीमा पूरानै अनुहार

१२ बैशाख ८१, बिहीबार

१३ वैशाख ,काठमाण्डौ।
नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो पटक टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्।

यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्। नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ए पहिलो पटक नेपाल आएको हो।

नेपालविरुद्ध टी–२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइसकेको छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालसँग अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली काठमाडौँ आइपुगेको छ । नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ तारिखमा खेलिने भएको छ ।

Advertisement

दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।

नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिजले नेपालसँग पाँचवटा खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

Advertisement

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो ।

सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top