केल्मीको नेपाली ओर्जिनल जर्सी कसरी छुट्याउने ?

१२ बैशाख ८१, बिहीबार

१३ वैशाख , काठमाण्डौ।
केल्मीको लोगो नक्कल गरेपछि कामारु ट्रेडिङ हैरान
केल्मीको नेपाली ओर्जिनल जर्सी कसरी छुट्याउने ?

अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न एक सूचना जारी गरेको छ । आधिकारिक विक्री केन्द्र भन्दा बाहेक केल्मीको लोगो प्रयोग गरी नक्कली सामग्री उत्पादन गरी विक्री वितरण गरिरहेको जानकारी प्राप्त भएको भन्दै त्यस्ता नककली सामग्री विक्री विचरण नगर्न अनुरोध गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना सुरु हुने टि२० विश्वकपका लागि पनि केल्मीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी निर्माण गरेको छ ।

Advertisement

यस विषयमा केल्मीले पछिल्लो समय अधिकारिक केल्मी स्टोरबाहेक नक्कली समान उताप्दन गरि विक्री वितरण गरेको जानकारी आएकाले यस्तो कार्यमा संग्लन जुनसुकै संघ, संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्ने जनाएको छ । यसअघि पनि आफ्नो केल्मीको लोगो अनाधिकृत प्रयोग गरेर नक्कली जर्सी बेच्ने वितरकलाई प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

केल्मीले पछिल्लो समय विश्वकप जर्सीका लागि नेपालभर डेलिभरीको सेवा उपलब्ध गराउँदै प्रि–अर्डर सुरु गरिसकेको छ । यसबाहेक केल्मीले नेपालभर रहेका शो–रुममार्फत पनि जर्सी लगायत अन्य सामग्री विक्री गर्दै आएको छ । केल्मीले विश्वकपको जर्सी प्रि–अर्डर गर्न आफ्नो अनलाइनमार्फत सुविधा दिएको छ ।

आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी क्यानले यसअघि चैत २६ गते सार्वजनिक गरेको थियो । नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ ।

दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ । आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top