१३ वैशाख , काठमाण्डौ।
केल्मीको लोगो नक्कल गरेपछि कामारु ट्रेडिङ हैरान
केल्मीको नेपाली ओर्जिनल जर्सी कसरी छुट्याउने ?
अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न एक सूचना जारी गरेको छ । आधिकारिक विक्री केन्द्र भन्दा बाहेक केल्मीको लोगो प्रयोग गरी नक्कली सामग्री उत्पादन गरी विक्री वितरण गरिरहेको जानकारी प्राप्त भएको भन्दै त्यस्ता नककली सामग्री विक्री विचरण नगर्न अनुरोध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान), नेपाल भलिबल संघ (एनभिए) लगायत विभिन्न खेलकुद संघसँग केल्मीले प्रायोजन सम्झौता गर्दै किट निर्माण गर्दै आएको छ । अर्को महिना सुरु हुने टि२० विश्वकपका लागि पनि केल्मीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी निर्माण गरेको छ ।
यस विषयमा केल्मीले पछिल्लो समय अधिकारिक केल्मी स्टोरबाहेक नक्कली समान उताप्दन गरि विक्री वितरण गरेको जानकारी आएकाले यस्तो कार्यमा संग्लन जुनसुकै संघ, संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्ने जनाएको छ । यसअघि पनि आफ्नो केल्मीको लोगो अनाधिकृत प्रयोग गरेर नक्कली जर्सी बेच्ने वितरकलाई प्रहरीले पक्राउ गरेको थियो ।
केल्मीले पछिल्लो समय विश्वकप जर्सीका लागि नेपालभर डेलिभरीको सेवा उपलब्ध गराउँदै प्रि–अर्डर सुरु गरिसकेको छ । यसबाहेक केल्मीले नेपालभर रहेका शो–रुममार्फत पनि जर्सी लगायत अन्य सामग्री विक्री गर्दै आएको छ । केल्मीले विश्वकपको जर्सी प्रि–अर्डर गर्न आफ्नो अनलाइनमार्फत सुविधा दिएको छ ।
आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी क्यानले यसअघि चैत २६ गते सार्वजनिक गरेको थियो । नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ ।
दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ । आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।