रुसलाई झन उत्तेजित पार्दै अमेरिका, युक्रेनलाई दियो हतियार

१३ वैशाख , एजेन्सी ।

रुस र युक्रेनबीच लगातार युद्ध चलिरहेको छ । यसैबीच, अमेरिकी रक्षा विभाग पेन्टागनले यस महिनाको सुरुमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू पठाइएको खुलासा गरेको छ । बाइडेन प्रशासनले यसअघि राष्ट्रपतिको निर्देशन पछि पठाउन अस्वीकार गरेको थियो। बाइडेनले गोप्य रूपमा युक्रेनी क्षेत्र भित्र प्रयोगको लागि लामो दूरीको मिसाइलहरूको स्थानान्तरणलाई अनुमोदन गरेका थिए ।

अहिले रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा भएको र ती यसै महिना युक्रेनमा पुगेको बताइएको छ।

Advertisement

अमेरिकी सञ्चारमाध्यमका अनुसार क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक उनीहरूको प्रयोग गरी सकिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ बिलियन डलर सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन्। अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठुलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।

तर, गत फेब्रुअरीमा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई बाइडेनले गोप्य रूपमा अनुमति दिएको अहिले भनिएको छ । यी क्षेप्यास्त्रहरूले ३०० किलोमिटरको दूरीमा मार हान्न सक्छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘अमेरिकाले राष्ट्रपतिको निर्देशनमा युक्रेनलाई लामो दुरीको एटीएसीएमएस उपलब्ध गराएको पुष्टि गर्न सक्छु।युक्रेनको अनुरोधमा अमेरिकाले यो जानकारी सार्वजनिक गरेको थिएन ।’

Advertisement

कति हतियार पठाइयो भन्ने अझै स्पष्ट भइसकेको छैन । तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनलाई थप हतियार पठाउने वासिङ्टनको योजना रहेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top