×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

हात्ती ट्रकमा चढेको भिडियो केहो ?कतारलाई कसले दिने भनेको थियो हात्ती ?

१३ बैशाख २०८१

१३ वैशाख , विराटनगर ।
दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी हिजो स्वेदश फर्किसकेका छन् । अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा ८ वटा समझदारी र सम्झौतामा हस्ताक्षर भएका छन् ।

नेपालले विभिन्न देशसँग कुटनैतिक सम्बन्ध सुमधुर बनाउन बेलाबेला जनावरहरु उपहार स्वरुप दिने गरेको छ । तर पहिलोपटक हात्ती दिने विषय केही विवादित पनि बनेको छ । कतारका राजालाई उपहार स्वरुप हात्तीका छावा दिने कुरा अमिर आउनुभन्दा अगाडि देखि नै सर्वत्र चर्चामा थियो ।

Advertisement
Advertisement

तर साईटिस महासन्धिको पक्ष राष्ट्र नेपाल र कतारले प्रकृया पुरा नगरेकाले कतारले छावा लाने सहमतिमा हस्ताक्षर गरेनन् । नेपाल र कतार दुवै साइटिस महासन्धिको पक्ष राष्ट्र भएकाले कतारलाई हात्ती उपहार लेन–देनको सम्झौता गर्नुअघि विश्व संरक्षण संघको अनुमति लिनुपर्ने हुन्छ ।

अहिले त्यही अनुमतिको प्रक्रिया पूरा गर्न बाँकी छ । यस्तोमा राजा आएर फर्किसक्दा पनि नेपालमा चितवन राष्ट्रिय निकुञ्जकामा रहेको रोनाल्डो हात्तीको दुई छावा खगेन्द्रप्रसाद र रुद्रकलीलाई लाने विषय चर्चामै छ । कारण हो हात्ती ओसारिएको एक गलत भिडियो सामाजिक सञ्जालमा भाइरल हुनु ।

अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भिडियो भाइरल छ । त्यो भिडियोमा हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ । धेरै सामाजिक सन्जाल प्रयोगकर्ताले त्यो भिडियोलाई नेपालबाट कतार पठाउन लागिएको हात्ती यही हो भन्दै सेयर गरिरहेका छन् ।

तर यो भिडियो सत्य होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहेको छ ।

जबकी कतार पठाउने भनिएका हात्ती चितवनको सौराहामै छन् । केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्ने बताए। उनका अनुसार दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ ।

तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत कुमार राईले अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरु नपठाएको जानकारी दिए ।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो । त्यतिखेर हात्ती र शाही बाज उपहार दिने प्रतिबद्धता जनाइए पनि कतारले बाज आवश्यक नभएको बताइसकेको छ ।

यसैविच, नेपालले कतारलाई जनावर उपहार दिने चलनको कतिपयले आलोचना गरिरहेका छन् भने कतिपयले कूटनीतिक सम्बन्ध सुमधुर बनाउन गरिने उक्त चलन लाभदायक हुने भन्दै समर्थन पनि गरिरहेका छन् ।

यसैविच, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि उक्त कदमको आफ्नो समर्थन नरहेको भावसहित एक स्टाटस लेख्दै विरोध गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ पशु उपहार दिनु वा बेच्नु कानूनी हो ?? म आश्चर्यचकित छु कि मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ? पशु अधिकार एउटा ठट्टा हो, पशु अधिकार भन्दा तल मानव बेच्ने राष्ट्र कतारमा !!

संसारभर फैलिएको दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको गैरकानूनी व्यापारको समस्या समाधान गर्न सन् १९७३ मार्च ३ का दिन अमेरिकाको राजधानी वासिङटन डि.सी.मा विश्व संरक्षण संघको संयोजकत्वमा एक अन्तर्राष्ट्रिय सम्मेलन अयोजना भएको थियो ।

तत्कालीन अवस्थामा विश्वका ८० राष्ट्रका प्रतिनिधिहरुले सहभागिता जनाएको उक्त सम्मेलनले दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षणको लागि एउटा अन्तर्राष्ट्रिय महासन्धि तयार गरेर त्यसमा हस्ताक्षर गरेको थिए ।

सोही महासन्धिलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार महासन्धि (साइटिस)’ नामकरण गरियो । साइटिस महासन्धि सन् १९७३ मा पारित भई सन् १९७५ को जुलाई १ बाट कार्यान्वयन हुँदै आएको छ ।

नेपालले सन् १९७५ मा १२ औं स्थानमा साइटिस महासन्धिको पक्ष राष्ट्र भई काम गर्दै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार यस महासन्धिमा विश्वका १८० देश पक्ष राष्ट्रको रुपमा रहेका छन् ।

कूटनीतिक तहमा उपहारस्वरूप दिइने जनावरहरू अधिकांश उनीहरूको पूर्ण सुरक्षा सुनिश्चित हुनेगरी चिडियाखानाजस्ता क्रित्रिम संरक्षणगृहमा राखिन्छन्। नेपालले कतारलाई उपहारस्वरुप दिन लागेका हात्ती खगेन्द्रप्रसाद र रुद्रकली हुन् ।

खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी हो । २०७६ असोज ८ गते कोशीकलीबाट खगेन्द्रप्रसाद र २०७५ असोज २३ गते आमा पूजाकलीबाट रुद्रकलीको जन्म भएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीको बाबु भने रोनाल्डो नामबाट चर्चित जंगली हात्ती हो ।

नेपालले मित्र राष्ट्रहरुलाई गैंडा, गोही, ब्याँसो र चितुवा उपहारमा दिए पनि हात्ती दिन लागेको भने पहिलोपटक हो । ती हात्ती कतारले दोहाको चिडियाखानामा राख्ने तयारी गरेको छ ।

नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैंडा, १० वटा घडियाल गोही, दुईवटा चितुवा र एउटा ब्वाँसो उपहार दिइसकेको छ । वन्यजन्तु संरक्षण विभागको रेकर्ड अनुसार नेपालले अमेरिकालाई ६, भारतलाई ४ र चीनलाई ४ वटा गैंडा उपहार दिएको छ ।

यसैगरी सिंगापुर, बंगलादेश, बेलायत, अष्ट्रेलिया, जर्मनी र जापानलाई २÷२ वटा गैंडा उपहार दिएको छ । यसैगरी फ्रान्सलाई ६ तथा जर्मनी र भुटानलाई दुई÷दुईवटा घडियाल गोही नेपालले दिएको छ । साउदी अरबले दुईवटा चितुवा र जापानले एउटा ब्वाँसो नेपालबाट उपहार पाएका छन् ।

नेपालले भने थाइल्यान्डबाट हिप्पो अर्थात् जलगैँडा, चीनबाट गोही, मलेशियाबाट नेपालीमा वनमान्छे भनिएको सियामाङ, अस्ट्रियाबाट अस्ट्रिच, भारतबाट सिंहपुच्छ्रे बाँदरजस्ता विभिन्न जनावरहरू उपहार नै पाएर जाउलाखेलस्थित सदर चिडियाखानामा राखेको छ। चिडियाखानामा केही वर्षअघि सम्म जिब्रा र सिंह पनि थिए।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतका क्षेत्रमा मात्र अहिले ५९ वटा हात्ती छन् । यसआसपासका क्षेत्रमा करिब ६५ वटा जंगली हात्ती र ७५ वटा निजी हात्ती रहेको चितवन निकुञ्जले जनाएको छ । देशभरिका निकुञ्ज र संरक्षणमा राखिएको हात्तीको संख्या सयभन्दा बढी छ ।

मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म पाइने हात्ती भारतबाट समेत सहजै नेपाल भित्रने गर्छन् । सो कारण जंगली हात्तीको संख्या यकिन छैन । नेपालमा जंगली हात्तीले बर्सेनि मानवीय र अन्नबालीमा क्षति पु¥याउने गरेका छन् ।

तर, निकुञ्जका र निजी हात्ती भने पर्यटकलाई जंगल घुमाउन र गस्तीका लागि प्रयोग हुने गरेको छ । दुर्लभ वन्यजन्तुको रुपमा सूचीकृत भएको हात्तीलाई कुटनीतिक सम्बन्ध सुमधुर बनाउन अन्य देशलाई उपहार स्वरुप दिने कुरा कत्तिको जायज होला ?

Advertisement
Advertisement

एउटा वातावरणमा जन्मेको हुर्केको जनावरहरुलाई भिन्न वातावरण, मौसम, हावापानीमा बाच्न कत्ति सहज होला ? त्यो पनि मरुभूमि राष्ट्रमा, हात्ती उपहार दिने तयारीपछि आमजनताले उठाएका यी प्रतिनिधिमुलक प्रश्न हुन् । नेपालले कतारलाई दिने भनेको हात्तीको विषयबारे तपाईको प्रतिक्रिया के छन् अवश्य व्यक्त गर्नुहोला ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top