इलाममा मतगणना सुरु, बझाङमा सर्वदलीय बैठक

१६ वैशाख , काठमाण्डौ ।
इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाबाट इलामको मतगणना सुरु भएको हो । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ । वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने तयारी छ ।

एउटा वडाका जतिवटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ । फाकफोकथुम गाउँपालिका २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

२ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ । त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यसपटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।

Advertisement

इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम–२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् हिजो उपनिर्वाचन भएको हो । प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवका अनुसार शनिबार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।मतदानपश्चात आइतबार बिहान ४ बजेसम्म मतपेटिका संकलन गर्न समय लागेको थियो। मतपेटिका इलाम–७, मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको छ ।

Advertisement

उता बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको प्रदेश सभा उपनिर्वाचनको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ । शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ । सर्वदलीय बैठकलगत्तै बझाङमा मतगणना सुरु हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top