चीन जान अब नेपालीलाई निःशुल्क भिसा

१६ वैशाख , काठमाण्डौ।
उत्तरको छिमेकी राष्ट्र चीनले अब नेपालीसँग भिसा शुल्क नलिने भएको छ । सन् २०२४ मे १ अर्थात यही वैशाख १९देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो ।

एक्सप्रेस फि र सर्भिस फि भने लिने दूतावासले जारी गरेको सुचनामा उल्लेख छ । “नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ),” सुचनामा भनिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । नेपालले चिनियाँ पर्यटक आकर्षक गर्ने उद्देश्यले केही वर्षअघि चिनियाँ पयर्टकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन ।

Advertisement

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । नेपालले सन् २०१६ देखि चिनियाँ नागरिकलाई भिसा निःशुल्क गरेको हो । भिसा निःशुल्क भएसँगै नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

२०७२ मा तत्कालीन परराष्ट्रमन्त्री कमल थापा चीन भ्रमणमा गएको बेला चिनियाँ विदेशमन्त्री वाङ यीसँग आठ बुँदे सम्झौता भएको थियो । त्यसमा एउटा बुँदा चिनियाँ पर्यटकलाई नेपालले फ्रि भिसा दिने उल्लेख छ । सो सम्झौता अनुसार २०७२ चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो ।

Advertisement

सो निर्णय लगत्तै चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएर यसको शुभारम्भ गरेको थियो । २०२३ नोभेम्बरमा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकका लागि भिसा निःशुल्क गरेको छ । एक वर्षका लागि त्यसलाई परीक्षणमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top