नेपाली राजनीतिको मूल खेलाडी एमाले र कांग्रेस मात्रै ?

१७ वैशाख ,काठमाण्डौ ।

गएको शनिबार सम्पन्न उपनिर्वाचनमाट बझाङमा एमाले उम्मेदवार विजयी भएका छन् भने इलाम २ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउदै लगेका छन् । एमालेका उम्मेदवारले जनताको अभिमत पाएको यो परिणाम सार्वजनिक भइरहदा नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको टिप्पणी गरेका छन् ।

इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएपछि उनले यस्तो बताएका हुन्। बझाङमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका छन् भने निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । बझाङमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ ।

Advertisement

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो । निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने हुन्थ्यो । यस्तै इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ ।

४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो । इलाममा अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । इलाममा अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी रहेको छ ।

इलाममा फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाका २२ वटा वडाको मत गणना सकिएको छ । अब देउमाई नगरपालिकाका ९ र इलाम नगरपालिकाका ११ वटा वडाको मत गणना बाँकी छ । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले ४ हजार ६ सय ८३ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार, एमालेका सुहाङले १३ हजार ६९ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ८ हजार ३८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ८ हजार ९८ मत पाएका छन् । डेकेन्द्रसिंह कांग्रेसका खड्काभन्दा २ सय ८८ मत मात्रै पछि छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ७१३ मत पाएका छन् ।

यस्तो मतपरिणाम आउदै गर्दा गोकुलले भनेका छन्, नेपालको राजनीतिक मैदानका मूल खेलाडी दुईवटा मात्र हुन। अरू छेउ कुना भर्न मात्र मैदानमा रहेका हुन भन्दा दुई दिन अघि मात्र एक जना सगोत्री नेता म सँग कार्यक्रम स्थलमै आगो भा थिए। आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि। तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top