वीरगन्जस्थित नबिल बैंकबाट १ करोड ३४ लाख चोरी,४ जना पक्राउ

१८ बैशाख ८१, बुधबार

१९ वैशाख , काठमाण्डौ ।

वीरगन्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका थिए ।

Advertisement

नबिल बैकबाट चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंक भित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो। सो रकम बैङ्कले राखेको स्टिल दराजबाट चोरी भएको थियो। नबिल बैँकले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको थियो।

पर्सा प्रहरीले संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिन्छ। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ। बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए।

Advertisement

चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ। सोमबार बिहान बैंकका गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो। चोरीमा करिब ७ जनाको समूह सहभागी भएको पाइएको छ। मुख्य स्पेसमा राखिएका पैसा भने चोरले नलगेका प्रहरीको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top