नेपालको कमजोर बलिङ,वेस्ट इन्डिजका जोन्सनले कीर्तिपुरमा बनाए कीर्तिमान

१८ बैशाख ८१, बुधबार

१९ वैशाख , काठमाण्डौ ।

पाँच खेलको सिरिजमा तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि दुई सय २८ रनको विशाल लक्ष्य दियो । यही विशाल लक्ष्यले वेस्ट इन्डिजलाई नेपाल विरुद्ध दोस्रो जित दिलायो । १९दशमलव २ ओभरमा अलआउट हुनु अघि नेपालले मात्र १ सय ५१ रन जोड्न सक्यो । यसअघि नेपाली कमजोर बलिङको फाइदा उठाउदै मात्र तीन विकेट गुमाएर वेस्टइन्डिजले दुई सय २७ रन बनायो ।

वेस्ट इन्डिजका लागि ओपनर ब्याट्सम्यान जोन्सन चार्लसले उत्कृष्ट शतकीय पाली खेले । उनले अविजित रहँदै टोलीका लागि अविजित एक सय १९ रनको योगदान गरे । उनले केवल ६१ बलको सामना गरी सात छक्का र १३ चौका पनि हिर्काए । जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् ।

Advertisement

जोन्सन चार्लसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । जोन्सन चार्लिस नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् । जोन्सन चार्लिसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् । वेस्ट इन्डिजको ‘ए’ टोली पाँचवटा टी–२० खेलको शृंखला खेल्न हाल नेपाल भ्रमणमा छ ।

Advertisement

वेस्ट इन्डिजको कुनै पनि स्तरको क्रिकेट टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । यसअघि खेलिएको पहिलो र दोस्रो टी–२० मा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका थिएनन् । नेपाली ब्याट्सम्यान रोहित पौडेलले भने वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । पाँचवटा टी–२० खेलको शृंखला हाल २–१ को भएको छ ।

शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले वेस्ट इन्डिजको सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top