फेरि डुब्यो दुवई, विहानैदेखि भारी वर्षा

२० वैशाख , एजेन्सी ।
युनाइटेड अरब इमिरेट्रसमा आज बिहानैदेखि फेरि भारी वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । दुवईका बासिन्दा बिहान उठ्दा हुरीबतास, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो ।

खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो । व्यापारहरु पनि त्यसबेला ठप्प भएको थियो । यातायातका सबै सवारी ठप्प भएका थिए भने विमानस्थलसमेत जलमग्न भएको थियो । अहिले पनि त्यस्तै परिस्थिति आउन सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

सकेसम्म वर्क फ्रम होम र मिलेसम्म कक्षाहरु पनि अनलाइनबाट संचालन गर्न भनिएको छ । मेट्रो र र्सावजनिक यातायातहरुलाई पनि अलर्टमा रहन भनिएको छ । दुबईका विमानस्थलहरुले पनि ट्राभल एड्भाइजरी जारी गरेका छन् । ठूलो वर्षा सुरुमा राजधानी अबुधावीबाट सुदूर पश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो ।

Advertisement

विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ । बुधबार रातिदेखि जारी वर्षा बिहीबारसम्म युएईका धेरै क्षेत्रमा हुनेछ।

वर्षासँगै केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । शुक्रबार र शनिबार बादल सफा हुने र हल्कादेखि मध्यम वर्षा जारी रहनेछ। दक्षिणी र पूर्वी भूभागमा भारी वर्षाको सम्भावना छ। वर्षाको पूर्वानुमानबारे यूएईको गृह मन्त्रालयले मन्त्रालयका सचिवको अध्यक्षतामा आन्तरिक सुरक्षासम्बन्धी सर्वोच्च समितिले काम गरिरहेको जनाएको छ ।

Advertisement

टोलीले मौसमको अवस्थाहरूमा हुने घटनाक्रम र अद्यावधिकहरूको निरन्तर अनुगमन गरिरहेको छ ताकि कुनै पनि घटनाको सामना गर्न सकियोस् । वर्षाले प्रभावित क्षेत्रमा आवश्यक सबै उपाय अपनाएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top