Nepal Times
Nepal Times
3
Shares

अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

२१ वैशाख , एजेन्सी ।

सन् २०२२–२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआईसी) ले राष्ट्रिय हत्या अनुगमन कार्यक्रमको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । सन् २०२३ को जुन महिनाको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा २४७ जना हत्याको शिकार भएका थिए ।

जसमध्ये ७५ जना महिला थिए । ७५ महिलाहरूमध्ये ३४ वा ४५.३ प्रतिशत वर्तमान वा भूतपूर्व पुरुष घनिष्ठ साथीद्वारा मारिएका थिए । जुन अघिल्लो १२ महिनामा २६ भन्दा बढी थियो । २०२२–२३ मा पुरुषहरूद्वारा कुल ६० महिलाको हत्या भएको थियो । प्रतिवेदनले २०२१–२२ मा प्रति १० लाख व्यक्तिमा ०.२५ हत्या भएकोमा महिला पीडित संलग्न घनिष्ठ साझेदार हत्याको दर २८ प्रतिशतले बढेर २०२२–२३ मा ०.३२ पुगेको देखाएको छ ।

हजारौं अस्ट्रेलियालीहरू लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशभर बिरोध प्रदर्शनमा सामेल भएपछि यो प्रतिवेदन प्रकाशित भएको हो । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिलामाथिको हिंसात्मक घटना न्युनिकरणका लागि नयाँ कोषको घोषणा गरेका छन् ।

लैङ्गिक हिंसालाई सम्बोधन गर्न संघीय, राज्य र क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि अल्बानीजले नयाँ हिंसा छोड्ने कार्यक्रम स्थापना गर्न पाँच वर्षमा ९२५ मिलियन अष्ट्रेलियाली डलर घोषणा गरेका हुन् । कार्यक्रम अन्तर्गत, हिंसात्मक सम्बन्धबाट बच्न खोज्ने महिलाहरूले ५ हजार अस्ट्रेलियन डलरसम्मको आर्थिक सहयोगका साथै सुरक्षा योजना, जोखिम मूल्याङ्कन र रेफरल सेवाहरूमा पहुँच गर्न योग्य हुनेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.