१ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’

२२ बैशाख ८१, आइतबार

२३ वैशाख , काठमाण्डौ ।

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए । सन्दीपका लागि निकै महत्वपूर्ण सुनुवाइ हेर्न नमिल्ने भएपछि उनको विश्वकप खेल्न पाउने झिनो आशा पनि टर्दै गएको छ ।

Advertisement

यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी–२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्यामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्यामा दोषी ठहर गर्दै किशोरी भने नाबालिक नरहेको फैसला सुनाएको थियो ।

सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवान र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । सन्दीप उच्च अदालत पुगेलगत्तै १ चैत्रमा सरकारी पक्षपनि पीडित गौशला २६ नाबालिक रहेको भन्दै उच्च अदातल पुगेको छ ।

अदालतले जिल्लाको फैसला सदर गरे सन्दीप जेल जानुपर्नेछ भने पुनरावलोकन गरे अदालतको नयाँ फैसला वमोजिम हुनेछ । अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेसँगै क्यानले सन्दीपलाई क्रिकेटबाट निलम्बन गरिसकेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top