धरानका पूर्व मेयर र उपमेयरलाई हर्कले सोधे स्पष्टीकरण

२७ बैशाख ८१, शुक्रबार

२८ वैशाख, विराटनगर ।
धरानमा देखिएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धतासहित धराने मतदाताबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङले विगतको खानेपानीकै आयोजनालाई लिएर धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले उपमहानगरका निवर्तमान प्रमुख र उपप्रमुखलाई ७ दिने स्पष्टीकरण सोधेका छन् ।

धरानका निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई स्पष्ट पारिदिने भन्दै मेयर साम्पाङले पत्र काटेका हुन् । उनले एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोगमा सञ्चालन भएको खानेपानी आयोजनाका विषयमा लिएर ९ बुँदे स्पष्टीकरण सोध्दै पत्र काटेका हुन् ।

Advertisement

वैशाख २७ गतेको मितिमा काटेको स्पष्टीकरण पत्रमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरेबमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पूर्णरूपमा सफल नभएको आयोजना सफल भएको नगरको प्रमुख उपप्रमुख भएको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेको विषयमा स्पष्ट पार्न सात दिनको म्याद दिइएको छ ।

पत्रमा भनिएको छ, ‘हालसम्म पनि नगरबासीहरूलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको र आयोजना सञ्चालन हुँदा चरम लापरबाही तथा भ्रष्ट्राचार भएको भनी समेत जनगुनासो आएको सन्दर्भमा उक्त आयोजना सम्बन्धी तपसिल बमोजिम के कसो भएको हो सो विषयमा ७ दिन भित्रमा लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ ।’

Advertisement

उनले काटेको पत्रमा एडिबीको ऋण लिने निर्णय कुन मितिमा को कसले गरेको हो ? एडीबीबाट ऋण किन र कति ल्याएको हो ? भन्दै प्रश्न गरिएको छ । यस्तै पत्रमा ल्याएको ऋण कति खानेपानी र अन्य कुनै शीर्षक भए ती शीर्षकहरूमा खर्च गरिएको हो ? एडीबीको प्रोजेक्ट चालू कहिलेदेखि भएको हो ? भन्ने विषयमा सात दिनमा लिखित स्पष्टीकरण दिन अनुरोध गरिएको छ ।

मेयर साम्पाङले पूर्वप्रमुख र उपप्रमुखलाई काटेको स्पष्टीकरण पत्रमा तत्कालीन बोर्ड गठन हुँदा के कस्ता प्रावधानलाई पूरा गरी गठन भएको थियो र सदस्यहरू थपिँदा के कसरी थपिएका थिए ? खानेपानी आयोजनाले सम्झौताअनुसार दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने शर्तानुसार उत्पादन गर्न नसकेको तथ्यलाई लुकाएर आयोजनालाई जिम्मा लिनु पर्ने कारण के थियो ? भन्ने प्रश्न गरिएको छ ।

त्यस्तै, उनले आयोजना जिम्मा लिन अघि निर्माण कम्पनीको तिर्नुपर्ने ऋण किन चुक्ता नगरेको ? आयोजना निर्माणको अवधिमा गुणस्तर सम्बन्धी के कस्ता र कति मापदण्ड पुरा गरिएका थिए जाने जति प्रष्ट्याइदिन अनुरोध गरिएको छ । उनले पाइप विस्तार कार्य गराउँदा मूल निर्माण समितिले नै गरेको थियो या अन्यले गरेको थियो ?

अन्य पेटी ठेकेदारहरूले गरेका थिए भने कुन–कुन ठेकेदारले के कति कारणले गरेका थिए भन्दै स्पष्टीकरण दिन भनेका छन् । धरानमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित मेयर हर्कको अन्य राजनीति दलका नेताहरु र स्वयम वडाध्यक्षहरुसाग समेत समय समयमा जुहारी चल्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top