डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी

२९ बैशाख ८१, आइतबार

३० वैशाख, विराटनगर ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शनिबार आफ्नो फेसबुक पेजमा एउटा पोष्ट गरे । उनको पोष्टमा भनिएको थियो “कीर्तियस्य स जीवति ! नमन छ डा. सुनिल शर्मालाई” पोष्टमा थप लेखिएको थियो “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ ।

सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्ने चाहना पनि हुनुपर्ने रहेछ । डा. सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर लाखौंलाई निःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन् ।

विकट क्षेत्रका विरामीलाई सिनामंगलको के. एम. सी. मा ल्याएर निःशुल्क उपचार पनि गराएका छन् । यसरी नै सवै मेडिकल कलेजहरुले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउने थियो । डा. सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्मपरायण रहेछन् ।

Advertisement

उहाँको यस कार्यप्रति म हृदयतः कृतज्ञता प्रकट गर्दछु ।” डा. सुनिल शर्माले आफ्नो अग्रसरतामा पूर्वी नेपाल देखि सुदूर पश्चिमका विकट स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छन् । केही महिना देखि उनी हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेलधुरा, अर्घाखाँजी, प्यूठान जस्ता पश्चिम नेपालका विकट स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली लिएर दुरदराजका विरामीहरुलाई स्वास्थ्य उपचार पुर्याउदै शिविरमा उपचार सम्भव नभएकाहरुलाई काठमाडौं सिनामंगल स्थीत काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचार पनि निःशुल्क गरिदिने व्यवस्था गरेका छन् ।

Advertisement

हालसालै गरिएका शिविरको स्मरण गर्ने उनले भने “स्वास्थ्य शिविरमा जाँच गराई थप उपचारका लागि अस्पताल नै जानु पर्ने विरामीहरुलाई स्थानिय निकाय, जनप्रतिनिधीहरुको सहयोग र समन्वयमा के. एम. सी. ल्याउने व्यवस्था गरिएको छ । के. एम. सी. मा अपरेसन गर्ने देखि अस्पताल सेवाहरु निःशुल्क गरिदिएका छौं ।” उनले भने “पश्चिम नेपालको दुरदराज गाँउको परिस्थिति हेर्दा ती क्षेत्रहरुमा सरकार साँच्चै नै नपुगेको प्रष्ट देखिन्छ । गाँउ घरमा नै उपचार गर्न पाउदा धेरैले आँशु झार्दै धन्यवाद दिँदा मेरो मन पटक पटक रोएको छ । उपचारको पर्खाईमा बसेकाहरुले काठमाडौं आई निःशुल्क उपचार पाउदा नयाँ जीवन पाएको पक्कै पनि अनुभव गर्नु हुनेछ ।”

डा. सुनिलले राजनितिक क्षेत्रमा आउनु भन्दा पहिला देखिनै विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबाट पूर्वी नेपालको विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर लिएर पुग्ने गरेका थिए । आफु र आफ्नो परिवारले जीवनयापनको क्रममा भोगेका आर्थिक अभाव र संघर्षका कारण आम जनताको भोगाईलाई नजिकबाट नियालेका उनले पैसाकै कारण विरामीले उपचारबाट बन्चित हुन नपरोस् भन्ने मनसायले विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

उनले एम. वी. वी. एस., वी. डी. एस., स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफि, डेण्टल हाइजिन, डिप्लोमा फार्मेसी जस्ता विषयहरुमा आर्थिक विपन्न र दलित परिवारका सयौं विद्यार्थीहरुलाई निःशुल्क अध्ययन पनि गराएका छन् । यसै क्रममा दिनेश हस्दा नेपाल कै पहिलो सतार जातीको एम. वी. वी. एस. गर्ने व्यक्ति बनेका छन् । प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए पछि उनले ५० शैयाको क्याविन समेत मोरङ्ग क्षेत्र नं. ३ का विरामीहरुलाई निःशुल्क गरिदिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top