पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई किन हटाउँदैछन् ?

३१ वैशाख , एजेन्सी ।

युक्रेनले रुसको आवासीय क्षेत्रमा आइतबार मिसाइल आक्रमण गरेको छ । सो मिसाइललाई रुसले जमिनमा गिराउने क्रममा त्यसका टुक्रा रुसको बेलगोरोडस्थित एक अपार्टमेन्टमा खस्दा १५ जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । रुसी अधिकारीका अनुसार, युक्रेनले अहिलेसम्म गरेको सबैभन्दा घातक उक्त आक्रमण हो ।

त्यसमा टोच्का ब्यालिस्टिक मिसाइल तथा अड्लर र आरएम–७० भम्पायर समेत सामेल थिए । घटनाको फुटेजमा भवनका १० तला भत्किएको देखिन्छ । छाना खसेपछि मानिस भागेका थिए । उनीहरूका पछाडि धुलो र भवनका चोइटा आइपुगेका थिए । रुसी रक्षा मन्त्रालयले उक्त हमलालाई आवासीय क्षेत्रमा गरिएको आतंककारी आक्रमण भनेको छ ।

Advertisement

घटनामा एक बालक हराइरहेको रुसी अधिकारीहरूले बताएका छन् । रुस र युक्रेन दुवैले सर्वसाधारण नागरिकलाई लक्षित गरी कुनै आक्रमण नगर्ने जनाउँदै आएका थिए । उक्त घटनाका बारेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि ‘ब्रिफिङ’ गरिएको छ । क्रेमलिनले घटनालाई बर्बर भनेको छ । युक्रेनले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री परिवर्तन गर्न लागेका छन् । युक्रेनसँग जारी युद्धका बीच पुटिनले यो कदम चाल्न लागेका हुन् । बीबीसीका अनुसार राष्ट्रपति पुटिनले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ६८ वर्षीय सर्गेई शोइगुको सरुवा गर्न लागेका हुन् । अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् ।

Advertisement

राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा शोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्त्वपूर्ण भूमिका छ । रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले शोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिन चाहेको खुलासा भएको छ ।

शोइगुलाई पुटिनको नजिक मानिन्छ, जसलाई कुनै सैन्य अनुभवबिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । शोइगु पेसाले सिभिल इन्जिनियर हुन्। सन् १९९० मा शोइगु आपत्कालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भएका थिए । राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौँपटक पद तथा गोपनीयताको शपथ खाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top