आज दिल्ली र लखनउ, प्लेअफमा पुग्न दुवैलाई जित्नैपर्ने

३१ बैशाख ८१, मंगलबार

१ जेठ , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् । यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अङ्क जोडेको थियो । कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अङ्क भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ ।

दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ । तर लखनउको नकआउटमा पुग्ने सम्भावना थोरै छ। दिल्लीका कप्तान ऋषभ पन्त एक खेलको निलम्बनपछि लखनउविरुद्धको खेलबाट पुनरागमन गर्दैछन्। दिल्लीले पनि प्लेअफ दौडमा रहन कुनै पनि हालतमा लखनउलाई जित्नुपर्ने हुन्छ। लखनउ १२ अंकका साथ सातौँ स्थानमा छ।

Advertisement

हाल दिल्ली र रोयल च्यालेन्जर्स बेंग्लोर शीर्ष चारभन्दा बाहिर छन्। दिल्ली र बेंग्लोरको पनि १२–१२ अंक छ। यता दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीविरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ ।

जित पछि पाँचौं स्थानमा उक्लिएको आरसिबिको १३ खेलमा १२ अंक भएको छ । तेस्रो स्थानमा रहेको चेन्नईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ । दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन् । तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ । पहिलो स्थानमा रहेको कोलकत्ता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थान तथा चेन्नईको पनि सम्भावना उच्च रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top