भारत–इरानबीचको बन्दरगाह सम्झौता कस्तो हो ?

१ जेठ ,एजेन्सी ।
भारत र इरानबीच सोमबार एउटा सम्झौता भएको छ । जसले चीन र पाकिस्तानलाई झड्का लाग्ने भारतीय मिडियामा दाबी गरिएको छ । भारत र इरानबीच चाबहारस्थित शाहिद बेहस्ती बन्दरगाह सञ्चालनबारे सम्झौता भएको हो । उक्त बन्दरगाह इरानको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह हो । यो सम्झौता इन्डिया पोर्ट्स ग्लोबल लिमिटेड र पोर्ट्स एन्ड मेरिटाइम अर्गनाइजेसन अफ इरानबीच भएको हो ।

भारतका पत्तन, पोत परिवहन र जलमार्ग मन्त्री सबानन्द सोनोवालले इरान पुगेर आफ्ना इरानी समकक्षीका साथ यो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । पाकिस्तान र चीन इराननजिक ग्वादर बन्दरगाहलाई विकास गरिरहेका छन् । भारत, इरान र अफगानिस्तानलाई जोड्ने चाबहार बन्दरगाहलाई ग्वादर बन्दरगाहका निम्ति चुनौतीका रूपमा हेरिँदै आएको छ ।

यो सम्झौता १० वर्षका लागि भएको र त्यसपछि स्वतः नवीकरण हुने जनाइएको छ । सन् २०१६ मा पनि यससम्बन्धी दुई देशबीच सम्झौता भएको थियो । अहिलेको सम्झौतालाई त्यसैको नयाँ रूपका रूपमा लिइएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले यो बन्दरगाहको सम्झौताबाट नयाँ लगानीको बाटो खुल्ने जनाएका छन् ।

Advertisement

भारतको विदेश मन्त्रालयले यो सम्झौताले क्षेत्रीय कनेक्टिभिटी बढाउनुका साथै अफगानिस्तान, मध्य एसिया र युरेसियाका निम्ति मार्ग खोल्ने जनाएको छ । रोयटर्सले जनाएअनुसार, यो सम्झौतामा इन्डिया पोर्ट्स ग्लोबल लिमिटेडले करिब १२० मिलियन अमेरिकी डलर लगानी गर्नेछ । त्यसबाहेक २५० मिलियन डलरको वित्तीय मद्दत पनि गरिनेछ ।

यसानुसार, उक्त सम्झौता करिब ३७० मिलियन डलरको हुनेछ । यो बन्दरगाह भारतको रणनीतिक र कूटनीतिका हिसाबले निकै महत्त्वपूर्ण हुने जनाइएको छ । इरानलाई भने अमेरिकासहित पश्चिमा राष्ट्रले व्यापार लगायतका क्षेत्रमा आंशिक प्रतिबन्ध लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top