Nepal Times
Nepal Times
3
Shares

नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला

नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला

३ जेठ ,काठमाण्डौ । 

युगान्डाबाट आएका दुई महिला २ किलो ६५४ ग्राम कोकिनसहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त लागुऔषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन् ।

तीनैजना काठमाडौंबाट पक्राउ परेका हुन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागु औषध ब्युरोले बिहीबार सार्वजनिक गरेको हो । ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई सिनामंगलबाट पक्राउ गरिएको थियो ।

चेकजाँच गर्दा प्रहरीले उनको पेटमा निलेर राखिएको अवस्थामा केही रहेको शंका गरी परीक्षणका लागि नेपाल प्रहरी अस्पताल लगिएको थियो । उपचार पद्दतीबाट उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको एसएसपी थपलियाले जानकारी दिए ।

प्लाष्टिकले ¥याप गरी निलेर ल्याइएको अवस्थामा फेला पारिएको कोकिन जोख्दा १ किलो २६० ग्राम पाइएको उनले बताए । अर्की महिला लिलियन सुसन वेनेन्जलाई धोबिचौरबाट पक्राउ गरिएको एसएसपी थपलियाले जानकारी दिए ।

उनको सुटकेशभित्र स्निकर चकलेटमा लुकाइ छपाइ राखिएको ६३ वटा प्लास्टिकले ¥याप गरिएको कोकिनका क्याप्सुल भेटिएको थियो । जोख्दा उक्त कोकिनको परिणाम १ किलो ३९४ ग्राम पाइएको एसएसपी थपलियाले बताए ।

अनुसन्धानकै क्रममा उक्त कोकिन लिन आउने भनिएको भारतीय नागरिक ३३ वर्षीया देवाजनी पाललाई धोबीचौरकै अर्को होटलबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसरी बरामद गरिएको कोकिनको परिमाण २ किलो ६५४ ग्राम रहेको एसएसपी थपलियाले जानकारी दिए ।

पक्राउ परेका तीन जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको एसएसपी थपलियाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.