सन्दीपलाई आइसीसीले दियो विश्वकप खेल्ने अनुमति

३ जेठ ८१, शुक्रबार

४ जेठ, काठमाण्डौ ।

अदालतबाट सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ।  उच्च अदालत, पाटनले  बलात्कारको आरोपमा  निर्दाेष ठहर गर्दै सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले  अनुमति मागेसँगै आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।

यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो।  तर केही समयअघि मात्र आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले सन्दीपलाई पठाउने प्रक्रिया सुरु गरेको हो। उनी सम्भवतः शनिबार त्यसतर्फ जानेछन्।  क्यानले यसअघि आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ अर्थात् जेठ १२ गतेसम्म छ।

Advertisement

क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो।  जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्। अदालतको फैसलापछि उनी नियमित अभ्यासका लागि कीर्तिपुर जान थालेका छन् ।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ। १० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

Advertisement

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो  समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले  पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।  यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।

१५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन् । जसमा अनुभवी सोमपाल कामी र करण केसी, अविनाश बोहरा सहित अलराउन्डर गुल्शन झा तथा प्रतिस जिसी र कमलसिंह ऐरी पनि समावेश गरिएको छ ।  यस्तै रेगुलर स्पिनरका रूपमा ललितसिंह राजवंशी छन् भने सागर ढकाललाई उनको ब्याकअपमा रूपमा राखिएको छ । टीममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कप्तान रोहित पौडेलले पनि राम्रो स्पिन बलिङ गर्न सक्छन् ।

सन्दीप पनि टिममा अटाउने भएपछि नेपालको स्पिन आक्रमण मजबुत बन्ने देखिएको छ । आईसीसीले एउटा देशका लागि २५ जनाको कोटा तोकिदिएको छ ।  २५ जनाको   विश्वकपभरि बस्ने खर्च आईसीसीले बेहोर्छ । नेपालले १५ सदस्यीय टिमबाहेक १० जना अफिसियलका रूपमा अमेरिका लगिसकेको छ । त्यसैले आईसीसीको कोटा भरिएको हुँदा अतिरिक्त खेलाडी राख्नलाई क्यान आफैँले खर्च गर्नुपर्ने हुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top