आईपीएलमा बेंगलुरु भर्सेस चेन्नईः दुवैलाई जित्नैपर्ने दबाब

४ जेठ ८१, शनिबार

५ जेठ , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ ।

प्लेअफमा पुग्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने अवस्था छ । आज चेन्नईले जित्यो भने १६ अङ्क हुनेछ । लिग चरणको अन्तिम खेलअघि बेंगलुरुलाई शीर्ष ४ मा पुग्न ठुलो जित आवश्यक छ । उसले चेन्नईलाई १८ रन वा ११ बल अगावै जित्नुपर्ने हुन्छ । हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

मुम्बईलाई हराए पनि लखनउ प्लेअफमा पुग्न सकेन । लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन मात्रै बनाउन सक्यो । उसका रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो ।

Advertisement

उसका निकोलस पुरनले ७५ र केएल राहुलले ५५ रन बनाए । जितसँगै लखनउको १४ खेलमा १४ अङ्क भएको छ । लखनउ तालिकाको छैठौँ स्थानमा छ । मुम्बई १४ खेलमा ८ अङ्कका साथ पुछारमा रह्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top