६ जेठ,एजेन्सी ।
अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपले ३० वर्षको जेल सजाय पाएका छन् । अक्टोबर २०२२ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक डिपेपले पेलोसीमाथि घातक हमला गरेका थिए । क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको हो ।
न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ । पाउल पेलोसीमाथि यो हमला उनको सान फ्रान्सिस्कोको घरमा राति २ बजे भएको थियो । आक्रमणकारीले पाउलको टाउकोमा हथौडाले प्रहार गरेका थिए । घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
डिपेपले अदालतमा आफूले न्यान्सी पेलोसीमाथि हमला गर्न गएको बताएका थिए । यसका लागि उनले युनिकर्न ड्रेस जुन पहिरनले कम चोटपटक लाग्छ सो लगाएर आक्रमण गर्दा न्यान्सी पेलोसीको आवाज रेकर्ड गरी अनलाइनमा अपलोड गर्ने योजना बनाएको थियो तर आक्रमणको समयमा न्यान्सी त्यहाँ उपस्थित थिएनन् ।
जसका कारण उनले पेलोसीका श्रीमानमाथि हमला गरेको बताएका थिए । सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई धाँधली गरेर पराजित गर्ने षड्यन्त्र गर्नेहरूमध्ये न्यान्सी पनि थिए भन्ने डिपेप विश्वास गर्छन् । यस अवधिमा ट्रम्पले उत्तेजक बयान दिएका थिए, जसले डिपेपलाई प्रभावित बनाएको थियो । न्यान्सी पेलोसी ०७४ वैशाखमा अमेरिकी सिनेटको एक टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि नेपाल आएकी थिइन् । यस्तै उनको ताइवान भ्रमणले चीन अमेरिकासंग क्रुद्ध बनेको थियो ।