Nepal Times
Nepal Times
3
Shares

हार्दिक पाण्डेयाले अर्काे सिजनको पहिलो खेल खेल्न नपाउने

हार्दिक पाण्डेयाले अर्काे सिजनको पहिलो खेल खेल्न नपाउने

६ जेठ, एजेन्सी ।

जारी १७ औं संस्करणको आईपीएलमा आलोचनाको शिकार बनिरहेका मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयामाथि एक खेलको प्रतिबन्धसहित ४८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । १४ मध्ये ४ खेल मात्र जित हासिल गरी प्रतियोगिताबाट बाहिरिसकेको मुम्बईको शुक्रबार लखनउ सुपरजाइन्ट्ससँगको सिजनको अन्तिम खेलमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले हार्दिकलाई स्लो ओभर रेटका कारण ४८ लाख रुपैयाँ जरिबाना लगाएको छ।

यो सिजन टोलीको यो तेस्रो अपराध हो। त्यसैले हार्दिकलाई एक खेलमा निलम्बन गरिएको छ। विज्ञप्तिमा भनिएको छ,‘४८ लाख जरिबानाबाहेक हार्दिकलाई आईपीएल आचारसंहिता उल्लंघन गरेबापत एक खेलको प्रतिबन्ध पनि लगाइएको छ।’ यस सिजन मुम्बईले समूह चरणमा आफ्ना सबै १४ खेल खेलिसकेका कारण हार्दिकमाथिको यो निलम्बन अर्को सिजनका लागि लागू हुनेछ। उनले अर्को सिजनको पहिलो खेल खेल्न पाउने छैनन्।

आईपीएलले जारी गरेको विज्ञप्तिमा हार्दिकबाहेक प्लेइङ–११ मा समावेश टोलीका अन्य खेलाडीलाई १९.२ लाख रुपैयाँ या म्याच फीको ५० प्रतिशत जरिबाना गरिएको छ। यसअघि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलमा निलम्बन गरिएको थियो। उता भारतीय टोलीका पूर्व सफल कप्तान तथा आईपीएलमा चेन्नई सुपर किङका स्टार महेन्द्र सिंह धोनीको टिमलाई सर्वाधिक छैठौं पटक च्याम्पियन बनाउने सपना भने चकनाचुर भएको छ ।

रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नईलाई पराजित गर्दै आईपीएलमा प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै शीर्ष चारमा स्थान पक्का गरेको हो । चेन्नईलाई प्लेअफमा पुग्नका लागि बैंगलुरुसँग १८ रनभन्दा कम अन्तरको हार टारे मात्र पुग्ने थियो । तर, २ सय १९ रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।

योसँगै साबिक विजेता टोली नेट रन रेटको आधारमा पछि प¥यो । धेरैले यो आईपीएल धोनीको अन्तिम हुन सक्ने पनि अनुमान गरेका छन् । त्यसैले उनले आफ्नो टिमलाई उपाधि जिताएको हेर्न धोनीका फ्यानहरू त्यतिनै लालायित थिए । तर, बैंगलुरुसँगको निर्णायक खेलमा चेन्नइ चुक्यो । अन्तिम ओभरमा चेन्नइलाई १७ रन चाहिएकोमा स्ट्राइकमा धोनी रहेका थिए । यसले पनि उनका फ्यानहरुको मनोबल उच्च थियो ।

धोनीले पहिलो बलमै छक्का हाने र समर्थकमा खुशी पनि भए तर ५ बलमा ११ रन चाहिएको अवस्थामा धोनी आउट भएपछि चेन्नइको प्लेअफसहित च्याम्पियन बन्ने सम्भावना समाप्त भएको छ । १४ खेलपछि बैंगलुरु र चेन्नईको समान १४ अङ्क भए पनि बैंगलुरुको नेट रन रेट ०.४५९ पुगेको छ भने चेन्नईको नेट रनरेट ०.३९२ मा सीमित बन्यो । बैंगलुरुसँगै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.