×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बालेन र सडक डिभिजनको टकराब, गल्ती नसुधारे कारबाही

१७ जेष्ठ २०८१

१७ वैशाख ,काठमाण्डौ ।
सडक फुटपाथ विस्तारलाई लिएर सडक डिभिजन कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच टकराब देखिएको छ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम नरोकेपछि सडक डिभिजन काठमाडौंले आजसम्मका लागि दुईदिने अल्टिमेटम दिएको छ ।

बुधबार एक पत्रमार्फत सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले दुई दिनभित्र सडक पुनर्स्थापना गर्न भनेको छ । अन्यथा कारबाही गर्ने डिभिजनको चेतावनी छ । “यस कार्यालयको कार्य क्षेत्रभित्र सहमतिबिना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिए तापनि बिनासहमति न्युरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको हुँदा तुरुन्त रोकी सडक दिन भित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ,“ पत्रमा भनिएको छ ।

Advertisement
Advertisement

अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि चेतावनी पत्रमा दिइएको छ । “नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरशः पालना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ । तसर्थ, तहाँबाट भत्काइएको सडकखण्ड दुई दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ,“ पत्रमा थप लिएको छ ।

यसअघि गएको शनिबार बालेनको निर्देशनमा महानगरपालिका कर्मचारीले सडक डिभिजन कार्यालयको गेटमा धुलो खसालिदिएपछि बालेनलाई सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले चेतावनी दिएको थियो । आफ्नो कार्यालयको गेटमा धुलो खन्याएलगत्तै सडक डिभिजनले यस्ता अराजक व्यवहार सह्य नहुने चेतावनी दिएको थियो ।

एक विज्ञप्ति निकालेर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार सह्य नहुने र त्यसको प्रतिकार गर्न बाध्य हुने सडक डिभिजन कार्यालयले उल्लेख गरेको थियो । सडक डिभिजनले विवादको विषय रिङरोड नभई न्युरोड क्षेत्रको बाटो भएको जनाएको छ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले सडक काट्न शुरु गरेको थियो ।

सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएको थियो । सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले जनाएको छ । त्यसपछि मेयर बालेन्द्र साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धुलो उपहार पठाएका थिए ।

कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेनको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो । सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् । धुलो उपहार पठाएको विषयलाई भने मन्त्री महासेठले आफूले सहज रुपमा लिएको बताएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top