१७ वैशाख , विराटनगर।
इजरायल–हमास युद्धकाबीच अहिले सामाजिक संजालमा ’सबैको नजर रफाहामा’ (’अल आइज अन रफाह’) निकै नै ट्रेंड भइरहेको छ । कयौं सेलिब्रेटिजहरु, खेलाडीहरु र अन्य सोशल मिडिया यूजर्सले पनि आफ्नो स्टोरीमा यसलाई सेयर गरेका छन् । यसको संदर्भ चाहीँ राफाहामा इजरायलले गरेको आक्रमण हो, जसमा बालबालिकासहित ४५ नागरिकको ज्यान गएको थियो ।
हमासलाई नष्ट गर्ने भन्दै इजरायलले रफाहामा जुन स्तरको हमला जारी राखेको छ यसले अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित भएको छ । विश्वका कुना कुनाबाट मानिसहरुले अल आइज अन राफाहा पोष्टको प्रयोग आफ्नो सोसल मिडियामा गरिरहेका छन्। सोसल मिडियामा यो ट्रेंड हुन थालेपछि इजरायलले पनि यसमा प्रतिक्रिया दिएको छ ।
इजरायलले सामाजिक संजालका प्रयोगकर्ताहरुलाई सोधेको छ, जब हमासले इजरायलमा हमला गरेको थियो, त्यतिबेला उनीहरुले यसलाई लिएर चाहीँ किन केही पोष्ट गरेनन् ? गत वर्ष ७ अक्टुवरमा हमासले इजरायलमा पसेर हमला गरेको थियो, जसमा झण्डै १२ सय मानिसहरुको मृत्यु भएको थियो । तिनमा धेरै त इजरायलका आम मानिस थिए । नेपालीसहित केही विदेशीहरु पनि मारिएका थिए ।
सो हमलापछि हमासले २५० बढी इजरायली र विदेशी नागरिकहरुलाई बन्धक बनाएर लग्यो । केहीलाई छाडेपछि अझै पनि उसको कब्जामा बन्दकहरु रहेका छन । जसमध्ये इजरायलका महिला सुरक्षाकर्मीहरुलाई ज्यादती गरेको भिडियो हालै हमासले सार्वजनिक पनि गरेको थियो । केही बन्धकहरुको हमासले ज्यान लिएको छ भने केहीले इजरायलको हमलामा परि ज्यान गुमाएका छन् ।
जसमा ३१ बन्धकहरुको मृत्यु भइसकेको छ भने इजरायलका अनुसार अझै ९९ बन्धक हमासको कब्जामा छन् । जसको रिहाई नभई युद्ध नरोक्ने इजरेलको चेतावनी पनि छ ।यसबीच इजरेलका राष्ट्रपति बेंजामिन नेतन्याहूको सरकारले सोशल मिडिया प्लेटफर्म एक्समा ’अल आइज अन रफाह’ लाई लिएर प्रतिक्रिया दिएको हो । उसले एक तस्वीरका साथ पोस्ट गरेको छ, जसमा लेखिएको छ, “सात अक्टूबरमा तपाइँको नजर कहाँँ थियो?“ ।
नेतन्याहू सरकारले आफ्नो पोस्टमा लेखेको छ, “हामी सात अक्टूबरका बारेमा कुरा गर्न कहिले पनि भुल्नेछैनौ । हामी बन्धकहरुका लागि लड्न कहिले पनि भुल्नेछैनौ ।“ इंस्टाग्राममा पनि लाखौं मानिसहरुले ’अल आइज अन रफाहा’ लाई आफ्नो पोस्ट र स्टोरीमा साझा गरेका छन् । ’अल आइज अन रफाहा’ क्याप्सनका साथ जुन तस्वीर साझा गरिएको छ त्यसमा रफाहाको दृश्य वर्णन गरिएको छ । यो तस्वीरले ति हजारौं प्यालेस्टाइनीहरुलाई इंकित गर्छ, जो गाजामा इजरायली हमलापछि ज्यान बचाउनका लागि भागेर रफाहा आएका थिए ।
इजरायलका एक वरिष्ठ अधिकारीले गाजामा हमासविरुद्धको युद्ध सन् २०२४ भरि नै जारी रहने अपेक्षा गरिएको बताएका छन् । “गाजामा युद्ध कम्तीमा आउँदो सात महिना निरन्तर रहनेछ,” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार ताची हानेग्बीले त्यहाँको कान सार्वजनिक रेडियोसँगको कुराकानीमा भने । उनले ‘बफर जोन’ मानिने गाजा–इजिप्ट सीमा क्षेत्रको ७५ प्रतिशत भाग इजरायलको सेनाले नियन्त्रणमा लिएको बताए ।
दक्षिणी सहर रफाहमा आक्रमण भइरहेको उनले उल्लेख गरे । यसैबीच इजरायलका एक वरिष्ठ अधिकारीले गाजामा हमासविरुद्धको युद्ध सन् २०२४ भरि नै जारी रहने अपेक्षा गरिएको बताएका छन् । “गाजामा युद्ध कम्तीमा आउँदो सात महिना निरन्तर रहनेछ,” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार ताची हानेग्बीले त्यहाँको कान सार्वजनिक रेडियोसँगको कुराकानीमा भनेका छन् ।
ताची हानेग्बीले ‘बफर जोन’ मानिने गाजा–इजिप्ट सीमा क्षेत्रको ७५ प्रतिशत भाग इजरायलको सेनाले नियन्त्रणमा लिएको पनि बताए । दक्षिणी सहर रफाहमा आक्रमण भइरहेको उनले उल्लेख गरे । इजरेली सेनाले गाजा र इजिप्टको सीमामा अवस्थित फिलाडेल्फी कोरिडोर नामक रणनीतिक क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइएको हो । इजरेल डिफेन्स फोर्सेसका एक प्रवक्ताका अनुसार त्यहाँ “हमासले हतियार तस्करी गर्न प्रयोग गर्ने“ २० वटा सुरुङ फेला परेको छ ।
तर इजिप्टशिअन टेलिभिजनले भने त्यसको खण्डन गरेको छ । इजरेलले रफाहामा आफूले गरेको सैन्य कारबाहीको औचित्य पुष्टि गर्न त्यसो भनेको उसको दाबी छ । गाजाको सीमा आफ्नो नियन्त्रणमा भएको इजरेली घोषणा इजिप्टसँगको तनाव चुलिएको समयमा आएको छ ।
हमासविरुद्धको कारबाहीअन्तर्गत रफाहस्थित सीमानाकालाई इजरेली फौजले तीन साताअघि आफ्नो नियन्त्रणमा लिएको थियो । त्यस बेलादेखि इजिप्ट र इजरेलबीच तनाव चुलिएको छ । यो साता सुरुमा रफाहानजिकै इजिप्ट र इजरेलका सैनिक संलग्न भएको एक घटनामा इजिप्टका एक सैनिकको ज्यान गएको थियो । इजिप्टले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै आएको छ ।
उसले गाजामाथिको इजरेली सैन्य कारबाही र युद्धमा इजरेलले सर्वसाधारणको हत्या गरेको भन्दै त्यसको निन्दा गर्दै आएको छ । यद्यपि इजिप्टले पनि सन् २००६ मा हमास सत्तामा आएयता गाजासँगको सीमामा नाकाबन्दी कायम राखिरहेको छ । हमास इजिप्टमा प्रतिबन्धित आतङ्कवादी सङ्गठन ’इस्लामिस्ट मुस्लिम ब्रदरहुड’ को हाँगा हो । इजिप्टले हमाससँग संवादको ढोका भने खुला राखेको छ ।
उसले इजरेल र उक्त समूहबीच युद्धविराम अनि गाजामा हमासले बन्धक बनाएका इजरेलीहरूको रिहाइका लागि भइरहेका प्रत्यक्ष वा परोक्ष वार्ताहरूमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । इजिप्टको यो भूमिकाका बीच इजरेलले रफाहासंग जोडिएको उसको सीमालाई नियन्त्रणमा लिएपछि के अब इजरेल र इजिप्टबीच पनि संघर्ष सुरु हुन्छ ? सामाजिक संजालमा ट्रेंड भएको अल आइज अन रफाहा र यसमा इजरेली सरकारले दिएको प्रतिक्रियाबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।