×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

’अल आइज अन रफाहा’ : इजरेल सोशल मिडिया यूजर्ससंग किन रिसायो ?

१७ जेष्ठ २०८१

१७ वैशाख , विराटनगर।
इजरायल–हमास युद्धकाबीच अहिले सामाजिक संजालमा ’सबैको नजर रफाहामा’ (’अल आइज अन रफाह’) निकै नै ट्रेंड भइरहेको छ । कयौं सेलिब्रेटिजहरु, खेलाडीहरु र अन्य सोशल मिडिया यूजर्सले पनि आफ्नो स्टोरीमा यसलाई सेयर गरेका छन् । यसको संदर्भ चाहीँ राफाहामा इजरायलले गरेको आक्रमण हो, जसमा बालबालिकासहित ४५ नागरिकको ज्यान गएको थियो ।

हमासलाई नष्ट गर्ने भन्दै इजरायलले रफाहामा जुन स्तरको हमला जारी राखेको छ यसले अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित भएको छ । विश्वका कुना कुनाबाट मानिसहरुले अल आइज अन राफाहा पोष्टको प्रयोग आफ्नो सोसल मिडियामा गरिरहेका छन्। सोसल मिडियामा यो ट्रेंड हुन थालेपछि इजरायलले पनि यसमा प्रतिक्रिया दिएको छ ।

इजरायलले सामाजिक संजालका प्रयोगकर्ताहरुलाई सोधेको छ, जब हमासले इजरायलमा हमला गरेको थियो, त्यतिबेला उनीहरुले यसलाई लिएर चाहीँ किन केही पोष्ट गरेनन् ? गत वर्ष ७ अक्टुवरमा हमासले इजरायलमा पसेर हमला गरेको थियो, जसमा झण्डै १२ सय मानिसहरुको मृत्यु भएको थियो । तिनमा धेरै त इजरायलका आम मानिस थिए । नेपालीसहित केही विदेशीहरु पनि मारिएका थिए ।

सो हमलापछि हमासले २५० बढी इजरायली र विदेशी नागरिकहरुलाई बन्धक बनाएर लग्यो । केहीलाई छाडेपछि अझै पनि उसको कब्जामा बन्दकहरु रहेका छन । जसमध्ये इजरायलका महिला सुरक्षाकर्मीहरुलाई ज्यादती गरेको भिडियो हालै हमासले सार्वजनिक पनि गरेको थियो । केही बन्धकहरुको हमासले ज्यान लिएको छ भने केहीले इजरायलको हमलामा परि ज्यान गुमाएका छन् ।

जसमा ३१ बन्धकहरुको मृत्यु भइसकेको छ भने इजरायलका अनुसार अझै ९९ बन्धक हमासको कब्जामा छन् । जसको रिहाई नभई युद्ध नरोक्ने इजरेलको चेतावनी पनि छ ।यसबीच इजरेलका राष्ट्रपति बेंजामिन नेतन्याहूको सरकारले सोशल मिडिया प्लेटफर्म एक्समा ’अल आइज अन रफाह’ लाई लिएर प्रतिक्रिया दिएको हो । उसले एक तस्वीरका साथ पोस्ट गरेको छ, जसमा लेखिएको छ, “सात अक्टूबरमा तपाइँको नजर कहाँँ थियो?“ ।

नेतन्याहू सरकारले आफ्नो पोस्टमा लेखेको छ, “हामी सात अक्टूबरका बारेमा कुरा गर्न कहिले पनि भुल्नेछैनौ । हामी बन्धकहरुका लागि लड्न कहिले पनि भुल्नेछैनौ ।“ इंस्टाग्राममा पनि लाखौं मानिसहरुले ’अल आइज अन रफाहा’ लाई आफ्नो पोस्ट र स्टोरीमा साझा गरेका छन् । ’अल आइज अन रफाहा’ क्याप्सनका साथ जुन तस्वीर साझा गरिएको छ त्यसमा रफाहाको दृश्य वर्णन गरिएको छ । यो तस्वीरले ति हजारौं प्यालेस्टाइनीहरुलाई इंकित गर्छ, जो गाजामा इजरायली हमलापछि ज्यान बचाउनका लागि भागेर रफाहा आएका थिए ।

इजरायलका एक वरिष्ठ अधिकारीले गाजामा हमासविरुद्धको युद्ध सन् २०२४ भरि नै जारी रहने अपेक्षा गरिएको बताएका छन् । “गाजामा युद्ध कम्तीमा आउँदो सात महिना निरन्तर रहनेछ,” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार ताची हानेग्बीले त्यहाँको कान सार्वजनिक रेडियोसँगको कुराकानीमा भने । उनले ‘बफर जोन’ मानिने गाजा–इजिप्ट सीमा क्षेत्रको ७५ प्रतिशत भाग इजरायलको सेनाले नियन्त्रणमा लिएको बताए ।

दक्षिणी सहर रफाहमा आक्रमण भइरहेको उनले उल्लेख गरे । यसैबीच इजरायलका एक वरिष्ठ अधिकारीले गाजामा हमासविरुद्धको युद्ध सन् २०२४ भरि नै जारी रहने अपेक्षा गरिएको बताएका छन् । “गाजामा युद्ध कम्तीमा आउँदो सात महिना निरन्तर रहनेछ,” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका राष्ट्रिय सुरक्षा सल्लाहकार ताची हानेग्बीले त्यहाँको कान सार्वजनिक रेडियोसँगको कुराकानीमा भनेका छन् ।

ताची हानेग्बीले ‘बफर जोन’ मानिने गाजा–इजिप्ट सीमा क्षेत्रको ७५ प्रतिशत भाग इजरायलको सेनाले नियन्त्रणमा लिएको पनि बताए । दक्षिणी सहर रफाहमा आक्रमण भइरहेको उनले उल्लेख गरे । इजरेली सेनाले गाजा र इजिप्टको सीमामा अवस्थित फिलाडेल्फी कोरिडोर नामक रणनीतिक क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिइएको हो । इजरेल डिफेन्स फोर्सेसका एक प्रवक्ताका अनुसार त्यहाँ “हमासले हतियार तस्करी गर्न प्रयोग गर्ने“ २० वटा सुरुङ फेला परेको छ ।

तर इजिप्टशिअन टेलिभिजनले भने त्यसको खण्डन गरेको छ । इजरेलले रफाहामा आफूले गरेको सैन्य कारबाहीको औचित्य पुष्टि गर्न त्यसो भनेको उसको दाबी छ । गाजाको सीमा आफ्नो नियन्त्रणमा भएको इजरेली घोषणा इजिप्टसँगको तनाव चुलिएको समयमा आएको छ ।

हमासविरुद्धको कारबाहीअन्तर्गत रफाहस्थित सीमानाकालाई इजरेली फौजले तीन साताअघि आफ्नो नियन्त्रणमा लिएको थियो । त्यस बेलादेखि इजिप्ट र इजरेलबीच तनाव चुलिएको छ । यो साता सुरुमा रफाहानजिकै इजिप्ट र इजरेलका सैनिक संलग्न भएको एक घटनामा इजिप्टका एक सैनिकको ज्यान गएको थियो । इजिप्टले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै आएको छ ।

उसले गाजामाथिको इजरेली सैन्य कारबाही र युद्धमा इजरेलले सर्वसाधारणको हत्या गरेको भन्दै त्यसको निन्दा गर्दै आएको छ । यद्यपि इजिप्टले पनि सन् २००६ मा हमास सत्तामा आएयता गाजासँगको सीमामा नाकाबन्दी कायम राखिरहेको छ । हमास इजिप्टमा प्रतिबन्धित आतङ्कवादी सङ्गठन ’इस्लामिस्ट मुस्लिम ब्रदरहुड’ को हाँगा हो । इजिप्टले हमाससँग संवादको ढोका भने खुला राखेको छ ।

उसले इजरेल र उक्त समूहबीच युद्धविराम अनि गाजामा हमासले बन्धक बनाएका इजरेलीहरूको रिहाइका लागि भइरहेका प्रत्यक्ष वा परोक्ष वार्ताहरूमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । इजिप्टको यो भूमिकाका बीच इजरेलले रफाहासंग जोडिएको उसको सीमालाई नियन्त्रणमा लिएपछि के अब इजरेल र इजिप्टबीच पनि संघर्ष सुरु हुन्छ ? सामाजिक संजालमा ट्रेंड भएको अल आइज अन रफाहा र यसमा इजरेली सरकारले दिएको प्रतिक्रियाबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top