१८ वैशाख, एजेन्सी ।
ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गरेका छन् । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो ।
उनले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताए । चीन भ्रमणमा आफूले चीनको विभिन्न रहन सहन र मानिसहरुसँग खुशी साटासाट गर्न पाएको बताए ।
चिनियाँ नागरिकहरुसँग आफूले आनन्दको महशुस गरेको उनले बताए । रोङजियाङमा आफ्नो बसाइको क्रममा, काकाले काउन्टीका प्राथमिक विद्यालयका विद्यार्थीहरूको खेल पनि हेरेका थिए ।