बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।
यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए ।
तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।