NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

रविको हिसाबकिताब प्रचण्डले दिनुपर्ने,गगनले नछाड्ने

आइतवार जेष्ठ २० , २०८१
Reading Time: 1 min read
A A
Advertisement
रविको हिसाबकिताब प्रचण्डले दिनुपर्ने,गगनले नछाड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० जेठ, विराटनगर ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद अब नियमित सञ्चालन हुने विश्वास गरिएको छ । किनभने संसद अवरुद्ध भएको जुन कारण थियो, त्यसको सम्बोधन भइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति बनिसकेको छ । यसको कार्यादेशमा दलहरुबीच सहमति भएर अब यसले काम गर्न पनि थालेको छ ।

यसबीच आज प्रतिनिधि सभाको बैठक बस्यो । र विना अवरोध चल्यो । तर आजको बैठकमा फेरि पनि सहकारीको विषय उठ्यो । गगन थापादेखि चित्रबहादुर केसीसम्मले यसमा प्रश्न उठाए । गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा उभ्याएको विषयमा पनि प्रश्न उठाए । विपक्षीहरुबाट यस्ता प्रश्नहरु आएपछि रास्वपाका सांसद मनिष झाले अब विभिन्न फाइल खुल्ने भन्दै जवाफ फर्काए ।

Advertisement

विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि मात्रै होइन उनले बोलेका कुराहरुलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसंग जवाफ मागे । खासगरी रविले यसअघि संसदको रोष्ट्रमा उभिएर देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे गगनले प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।

थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् । ’सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो । सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ । सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ । अब हामी चुप लागेर बसेर हुँदैन । गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हिसाबकिताब माग्नुपर्छ’ उनले भने ।

उनले गृहमन्त्री लामिछानेले आफैंलाई लक्षित गरेर भनेको उक्त अभिव्यक्तिले कुनै असर नपर्ने बताए । विगतमा कयौंपटक सत्तासँग लडेर आएको उदाहरण दिँदै थापाले भने– सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ । एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । ’आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो !’ भन्दै गगनले रविमाथि शब्दवाण चलाए । उनी यतिमै रोकिएनन । त्यसपछि उनले सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभावी बोलेकोमा आपत्ति जनाए ।

’बाहिर एउटा चटकेको जस्तो बोल्ल पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन’ थापाले भने,’सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुप¥यो । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ ।’यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सहकारी ठगहरूलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नहुने भन्दै गृहमन्त्रीलाई निशानामा राखे ।

केसीले छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने बताए । उनले भने – ‘जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाज मर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने । त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरूले जुन खालको गतिविधि देखियो यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन् ।

म सरकारलाई भन्छु सहकारी ठगहरूलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसद्मा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महसुस गरेका छन् । तथ्य दुधको दुध, पानीको पानी हुने गरी ठगहरूलाई जनताले देख्ने गरी कारबाही गरोस् ।’

उनले राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसद्को रोष्टमबाट बोलेर अरूलाई दोषी देखाएर आफ्नो कर्तुत जोगाउन लागेको बताए ।यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पनि ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन् ।

उनले मन्त्रीको मौखिक निर्देशनका भरमा कुनै नागरिकलाई सडकमा उभ्याउने कुरा गलत भएको भन्दै यो व्यवस्था हटाउनका लागि सदनबाट रुलिङ गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् । संसदमा यसरी विपक्षीहरुले आफ्ना सभापति तथा गृहमन्त्री लामिछानेमाथि आक्रमण गरेपछि उनको बचाउमा आए रास्वपा सहप्रवक्ता मनिष झा ।

उनले आज पनि रविमाथि प्रश्न उठाउनेहरुलाई बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरण, गिरीबन्धु टी स्टेट लगायतका अनियमितताका फाइल खोल्ने भन्दै जवाफ दिए । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे । रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताए ।

यो अवधिमा आफूहरु सक्दो राम्रो गर्ने प्रयासमा रहेको सहप्रवक्ता झाको जिकिर छ ।बैठकमा सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसदमा भएको अवरोधको विषय पनि उनले सम्झिए । आफूहरुले व्यक्ति केन्द्रित भएर समिति नबनाऔं भनेको तर, सबै प्रकारको छानबिनका लागि तयार रहेको आफूहरुको धारणा रहेको उनको भनाइ छ ।

आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै उनले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे । ‘२६ हजार ९३४ दिन जेठो पार्टीले सबै चीज बिगा¥यो भनेर हामी राजनीतिमा आएका होइनौं’, कांग्रेसलाई लक्षित गर्दै उनले भने । विगतमा राजनीतिक दलहरुले परिवर्तनका लागि खेलेको भूमिकाको आफूहरुले सधैं प्रसंसा गर्ने तर, राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग नहुने उनको भनाइ छ ।

झाले भने, ‘यसमा बहुआयामिक सबैको योगदान रहेको हुन्छ ।’ राजनीतिमा स्पेस भएकैले आफूहरु आएको उल्लेख गर्दै उनले केही गरौं भनेरै आएको पनि दोहो¥याए । उनी थप्छन्, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएका होइनौं । हामीसँग धेरै आधारहरु छन् । केही गर्न आएका छौं ।’

सहकारी ठगी प्रकरणलाई लिएर सदनमा यसरी जुहारी चलिरहँदा यता लाखौ बचतकर्ताको साढे २ खर्बभन्दा बढी बचत जोखिममा परेको छ । यद्यपी संसदमा दलहरुबीच लामो रस्साकस्सी पछि छानविन विशेष समिति बनेको छ । सो समिति’ले काम सुरु गर्न कार्यालय तथा कर्मचारीलगायतका आवश्यक भौतिक एवं मानवीय संशाधन ब्यवस्था गर्दैछ । एमाले सांसद सूर्य थापाको सभापतित्वमा समिति गठन भएको छ ।

समितिले ४ वटा कार्यक्षेत्र बनाएर तीन महिना अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । थापाका अनुसार हाल कार्यालय स्थापना तथा र्काचारी ब्यवस्थापनका काम भइरहेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा (जसमा ३ वटा समस्याग्रस्त सहकारीको हिसाब फरफारक भइसकेको छ । र अब बाँकि १७ वटामात्र समस्याग्रस्त छन् ।

रवि लामिछाने तथा जीबी राई संलग्न आरोपित थप ९ वटा सहकारीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन सुपरीवेक्षण र पारदर्शितामा भएका कमीकमजोरी सम्बन्धमा अध्ययन गरी सुझाव तथा कारबाहिको लागि सिफरिस गर्ने छ ।

उक्त समितिले अध्ययन गर्ने सहकारीमा सबैभन्दा बढी अर्थात् ६ सहकारी राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका गितेन्द्र बाबु (जिबी) राई सम्बद्द सहकारी छन् । यस्तै काग्रेस निकटका ३ सहकारी रहेका छन् । जसमा कांग्रेस नेता सिबी लामा लगायतको संलग्नता रहेको छ । लामा पक्राउ परिसकेका छन् भने अर्का आरोपी सुरेन्द्र भन्डारी काँग्रेसका सहकारी विभागका पुर्व सचिव हुन् ।

यस्तै आईडियल यमुना बहुउद्देश्यी संस्था र ईमेज बचत तथा ऋण सहकारी संस्था ठगीमा एमालेका नेता संलग्न छन् । उनीहरु केबी उप्रेती र ढोरपाटन नगरपालिकाका मेयर देवकुमार हुन् । यस्तै, माओवादी निकट २ वटा सहकारी रहेका छन् । यसका साथै, रास्वपाको उप सभापति डिपी अर्याल र सह महामन्त्री कबिन्द्र बुर्लाकोटी संलग्न रहेको हाम्रो नयाँ कृषी सहकारी संस्थाले बचतकर्ताको ७ करोड ७७ लाख ९० लाख १९८ रुपैयाँ ठगी गरेको । यो सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

अब समितिले सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने छ । यस्तै समितिले आवश्यक ठानेमा सम्बन्धित पक्ष वा हित समूहका प्रतिनिधि र विशेषज्ञलाई समेत आमन्त्रण गरी सुझाव लिन सक्नेछ ।

अध्ययनको विषयसँग सम्बन्धित कागजपत्र झिकाउने तथा सम्बन्धित व्यक्ति वा सरकारी अधिकारीलाई उपस्थित गराउन सक्ने अधिकार पनि छ । उपस्थित गराइएको व्यक्ति वा सरकारी पदाधिकारीलाई समितिले आवश्यक भएमा सोधपुछ गर्न वा गराउन सक्नेछ । अध्ययनपश्चात् समितिले प्रतिवेदन तयार गरी पेस गर्नेछ । सम्बन्धित मन्त्रीले प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

कार्यादेशका आधारमा समितिको पहिलो बैठक बसेपछि आन्तरिक कार्यविधि निर्धारण हुनेछ । बैठक बस्न समितिको ५१ प्रतिशत गणपूरक संख्या आवश्यक पर्छ । बहुमतका आधारमा बैठकले निर्णय गर्ने पनि जनाइएको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।a

Tags: #संसदमा आज पनि सहकारी गुञ्जियो

लोकप्रीय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

विचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

थप समाचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.