×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

टी २० विश्वकपमा वेस्ट इन्डिजले खाता खोल्यो, पिएनजी स्तब्ध

२१ जेष्ठ २०८१

२१ जेठ, एजेन्सी ।
ट्वान्टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज विहान बार्बाडोसको ब्रिजटाउनमा भएको समूह ’बी’ को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो ।

सुपर ओभरमा नामिबियका डेविट विजे र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए । ओमानका विलाल खानले बलिङ गरेका थिए । विजेले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए । पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए ।

Advertisement
Advertisement

डेविट विजे बलिङमा आए । ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो । तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए । यसअघि ओमानले १ सय १० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । नामिबियाका लागि जान फ्राइलिंकले बनाएको ४५ रन नै सर्वाधिक रह्यो ।

उनले ४८ बलमा ६ चौका प्रहार गरे । निकोलस डाभिनले २४ र कप्तान गेहार्ड इरासमसले १३ रन थपे । २ बलको सामना गरेका ओपनर माइकल भान लिंगेन शुन्य रनमा नै विलाल खानको बलमा बोल्ड आउट भए । ओमानका मेहर खानले २ विकेट लिए । विलाल खान, अकिब इलियास र आयान खानले समान एक् विकेट लिए ।

त्यसअघि ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १ सय ९ रन बनाउँदा अलआउट भयो । खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो । जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे । डेविड वेल्सले ३ विकेट झारे । गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे । यस्तै हिजो भएको खेलमा सह–आयोजक वेस्ट इन्डिजले जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो । पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् ।

Advertisement

यसअघि पहिलो खेलमा अर्को सहआयोजक अमेरिकाले क्यानडामाथि ७ विकेटले बाजी मार्दै विजयी सुरुवात गरेको छ । विश्वकपमा आज राति नै नेपाल समेत रहेको समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन् । सो खेल राति सवा ८ बजे सुरु हुनेछ । नेपालको खेलभने भोलि नेदरल्याण्डसँग रहेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top