निर्मला हत्या प्रकरणः सैनिकमाथि पनि अनुसन्धान गरिने

निर्मला हत्या प्रकरणः सैनिकमाथि पनि अनुसन्धान गरिने

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ ।

घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आँकलनमा त्यस्तो सुझाव दिइएको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ ।

तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, ,छानविन समितिका एक सदस्यले भने, त्यहि आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौँ ।,

कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म अनेक कोणबाट अनुसन्धान भईरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.