×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो, रोहित नायक

२४ जेष्ठ २०८१

२४ जेठ, एजेन्सी ।

आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा उपाधि दाबेदार मानिएको भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको मात्र ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । जितका लागि उनी नायक बने ऋषभ पन्तले अविजित ३६ रन जोडे ।

भारतका स्टार विराट कोहली र सूर्यकुमार भने सस्तैमा समेटिए । आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो । आयरल्याण्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए । भारतका लागि हार्दिक पण्ड्याले तीन विकेट लिए ।

यस्तै समूह ’सी’ को खेलमा युगाण्डाले पपुवा न्यूगिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टायो । युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए ।

यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भयो । उसका लागि हिरि हिरिले १५ रन बनाए । यस्तै लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बाहेक अन्य व्याटरले दोहोर अङ्क जोड्न सकेनन् । यो जितसँगै युगाण्डाले समूह तालिकामा दुई अङ्क जोडेको छ । यता अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकप २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सजिलै ओमानलाई ३९ रनले हराएको हो । ओमानको भने यो लगातार दोस्रो हार हो । जितका लागि १ सय ६५ रनको लक्ष्य पाएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । ओमानका लागि आयान खानले ३० बलमा बनाएको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

यस्तै मोहरन खानले २७ रनको योगदान गरे । अस्ट्रेलियाली बलरमध्ये मार्कस स्टोइनसले तीन ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । यस्तै मिचेल स्टार्क, नथान एलिस र एडम जाम्पाले दुई दुई विकेट लिए । त्यस अगाडि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो ।

त्यसमा ब्याटबाट पनि चम्केका स्टोइनसले ३६ बलमा ६७ रन बनाए । उनले दुई चौका र छ छक्का प्रहार गरे । यस्तै ओपनर डेविड वार्नरले ५१ बलमा ५६ रन जोडे । उनले भने छ चौका र एक छक्का प्रहार गरे । विश्वकप अन्र्तगत आज राति आयोजक अमेरिका र पाकिस्तानको खेल हुनेछ । यो अमेरिकाको दोस्रो खेल हो भने पाकिस्तानको पहिलो खेल हो । यसअघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top