NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी! बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास बुधबार असार १८ , २०८२
कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो बुधबार असार १८ , २०८२
के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ? बुधबार असार १८ , २०८२
आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

मोदीलाई पीएम बनाउन एनडिएको लिखित सहमति,शपथमा प्रचण्ड पनि जाने

बिहिबार जेष्ठ २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन लगत्तै मोदीको ट्वीट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ जेठ, काठमाण्डौ ।

भारतीय जनता पार्टीका नेता तथा कार्यवबहा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति जनाएका छन् ।

नयाँ दिल्लीमा बिहीबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । एनडिएको बैठकले सर्वसम्मतले आफूहरूको मोदीलाई नेताका रूपमा स्वीकार गरेको छ ।

एनडिए गठबन्धनमा नितिश कुमार र नायडू प्रमुख घटकको रूपमा देखिएका छन् । यससंगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । मंगलबार सार्वजनिक भएको मतपरिणाममा जनता दलले १२ र टिडिपीले १६ सिटमा जितेको थियो । भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत नआएपछि दुई प्रमुख दलको समर्थनमा गठबन्धनको सरकार बन्न लागेको हो ।

एनडिटिभीका अनुसार भारतमा शनिबार (जुन ८) मा नयाँ सरकार बन्नेछ । त्यस दिन मोदीले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । यद्यपि सरकार गठनमा भागबण्डाको विषय टुंग्याउन भने बाँकी रहेको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । यसअघि विपक्षी गठबन्धन इन्डियाले भने नितिश कुमार र नायडूलाई आफ्नो पक्षमा तानेर सरकार बनाउने तयारी गरिरहेको अनुमान गरिएको थियो ।

इन्डिया गठबन्धनले २३२ सिट जितेको छ । लोकसभा चुनावमा बीजेपीले २४० सिट जितेको छ । यो बहुमत सङ्ख्या (२७२) भन्दा ३२ सिट कम हो। तर, एनडीएले २९२ सिटका साथ बहुमत हासिल गरेको छ । उता कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेको छ । त्रिष्णमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बन्ने छ । विभिन्न आकलन गरिएको हुँदा भाजपाले नयाँ सरकार गठनका लागि टिडिपी र जनता दलको लिखित सहमति लिएको हो । भारतमा सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ । मोदी यसअघि सन् २०१४ र २०१९ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । त्यसका लागि काठमाडौंस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको बताइएको छ । लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए ।

त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Tags: #एनडिएको लिखित सहमति#प्रधानमन्त्री नरेन्द्र मोदी#भारतीय जनता पार्टी#मोदीलाई प्रचण्डको फोन

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२

विचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास
ताजा समाचार

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर
ताजा समाचार

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२
स्वतन्त्र उम्मेदवार  सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई
ताजा समाचार

के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ?

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.