धेरै बच्चा जन्माउन जापानमा डेटिंग एप, एलन मस्क खुसी

२४ जेठ ,  एजेन्सी ।

विश्वभर तिव्ररुपमा जनसंख्याको आकार बढिरहँदा केही यस्ता देशहरु छन्, जो जन्मदर घट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेका छन् । ति देशहरुका सरकारले आफ्ना नागरिकहरुलाई धेरै सन्तान जन्माउनका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रमसमेत ल्याएका छन् । यस्तै देशहरुमा पर्छ जापान । जहाँ घट्दो जन्मदर एक समस्या र चिन्ताको रुपमा देखा परेको छ ।

त्यसकारण टोक्यो प्रशासनले देशको घट्दो जन्मदरको समस्यासंग जुद्धनका लागि एउटा कदम उठाउँन लागेको छ । जापानी सरकारले छिटै नै एक डेटिंग एप लन्च गर्ने तयारी गरेको छ । र जापानको यो कदमको प्रशंसा स्पेसएक्सका सीईओ एलन मस्कले पनि गरेका छन् । उनले यो मुद्यालाई गम्भीरताका साथ लिइएकामा आफूलाई निकै खुसी लागेको पनि बताएका छन् ।

Advertisement

एक्सका मालिक मस्क सधैं नै मानिसहरुलाई धेरै बच्चा जन्माउनका लागि आग्रह गर्दै आएका छन् । उनी स्वयंका ११ सन्तान रहेका छन् । सन् २०२१ मा एउटा कार्यक्रम उनले भनेका थिए, यदी मानिसहरुले धेरै बच्चा जन्माउँदैनन् भने यसले सभ्यता नै अन्त्य हुने जोखिम छ । अहिले पनि एलन मस्कले माइक्रोब्लगिंग साइटमा लेखेका छन्, ’मलाई खुशी लागेको छ कि जापान सरकारले यो विषयको महत्व बुझेको छ ।

यदी यस्तो कदम नउठाउने हो भने त जापान र कयौं अन्य देशहरु गायब नै हुनेछन्’ । मस्कले गत वर्ष इटालीमा एक राजनीतिक कार्यक्रममा पनि घट्दो जन्मदर बारेको मुद्दा उठाएका थिए । त्यतिबेला उनले जनसंख्यामा आइरहेको गिरावट रोक्नका लागि एकमात्र उपाय धेरै बच्चा जन्माउनु रहेको दाबी गरेका थिए । र त्यसो भएन भने यसले विश्वको कयौं उन्नत अर्थव्यवस्थाहरुमाथि खतरा रहेको समेत बताएका थिए ।

Advertisement

जापान कै कुरा गर्ने हो भने, एक मिडिया रिपोर्टका अनुसार, टोक्योले राष्ट्रिय जन्मदर बढाउनका लागि यसै गर्मीको शुरुआतमा आफ्नै एउटा डेटिंग एप लन्च गर्ने बताएको छ । यसको जानकारी मंगलबार एक अधिकारीले दिएका थिए । ति अधिकारीका अनुसार सो एप उपयोगकर्ताहरुले आफू कानूनी रुपमा सिंगल भएको कागजपत्र पहिला जम्मा गर्नु पर्नेछ । यस्तै एक यस्तो पत्रमा हस्ताक्षर गर्नुपर्नेछ जसमा लेखिएको हुन्छ कि उ विवाह गर्नका लागि तयार छ ।

साथै नागरिकहरुले जापानी डेटिंग एपमा आफ्नो आय पनि अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । उनीहरुले आफ्नो वार्षिक आम्दानी खुल्ने प्रमाणपत्र पनि पेश गर्नुपर्छ । हुन त कुनै पनि सरकारद्वारा डेटिंग एप तैयार गर्नु स्वयंमा नै खास कुरा हो । टोक्यो प्रशासनले कथित रुपमा एप्स र अन्य परियोजनाहरुका माध्यमले विवाहलाई बढावा दिनका लागि आफ्नो २०२३ को बजेटमा २० करोड येन र २०२४ को बजेटका लागि ३० करोड येन छुट्टाएको छ ।

फेब्रुअरीमा जारी सरकारी आंकडाअनुसार, जापानको जन्मदर लगातार ८ औं वर्षमा पनि झर्दो क्रममा छ । २०२३ मा नयाँ रेकर्ड निकै तल पुगेको छ । जन्मदरको संख्या एक वर्षको तुलनामा ५.१ प्रतिशतले घटेर ७, ५८,६३१ भएको छ, यस्तै विवाहको संख्या ५.९ प्रतिशतले घटेर४,८९,२८१ भएको छ । ९० वर्षमा पहिलो पटक यो संख्या ५ लाखभन्दा तल आएको छ ।

जापान टाइम्सको रिपोर्टअनुसार जापानीहरुमा गरिएको एक सर्भेमा १८ देखि ३४ वर्ष उमेरका ७० प्रतिशत अविवाहित पुरुषहरु र ६० प्रतिशत अविवाहित महिलामा रिलेशनशिपमा नै कुनै रुची नभएको पाइएको छ । यस्तै ३० प्रतिशत यस्ता जोडी छन्, जसको विवाह भएको कयौं वर्षसम्म पनि बच्चा छैनन् । यो समस्याको समाधान निकाल्न जापान सरकारले बच्चा जन्माउनेलाई नगद पुरस्कार पनि दिने गरेको छ ।

हरेक बच्चका लागि ६ लाख को इनाम राखिएको छ । जापानमा जन्मदर १.४६ प्रतिशत मात्रै छ, जो देशका लागि चिन्ताको विषय हो । यसअघि छमिकी राष्ट्र चीनले पनि विवाह र सन्तान जन्माउनका लागि विभिन्न पुरस्कारका योजना सार्वजनिक गरेको थियो । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले भारतभन्दा पछि रहेको छ । वल्डोमिटरका अनुशार जनसंख्याको हिसाबमा जापान भने सर्वाधिक जनसंख्या भएका मुलुकको १२ औं स्थानमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top