×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमाथि छानबिन गर्न अब विज्ञ टोली

१ आश्विन २०७५

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको छ । प्रहरी मुख्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय विज्ञ प्रहरी समूह गठन गरेको हो ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको हत्यापछि प्रहरीले नै प्रमाण मेटाएको, मुख्य अभियुक्त जोगाउन नक्कली अभियुक्त खडा गरेको, घटनास्थललाई सामान्यीकरण गरेर हेरेको र पीडितका अभिभावकलाई अटेरी गरेकोलगायत आरोपपछि ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

Advertisement
Advertisement

निर्मला बलात्कार–हत्या प्रकरणपछि प्रमाण लुकाउन प्रहरीले गरेका क्रियाकलापसँगै उनीहरूको संलग्नता पुस्ट्याइँका लागि विज्ञ टोली गठन गरिएको हो ।

विज्ञ टोलीमा बस्न्यातसँगै प्रहरी वरिष्ठ उपरीक्षक नीरज शाही, उत्तम सुवेदी, प्रहरी उपरीक्षक गणेश रेग्मी, प्रहरी नायब उपरीक्षक रमेश थापा, सन्तोष आचार्य, प्रहरी निरीक्षक दधिराम न्यौपाने, कौशल बुढाथोकी र दीपक कार्की छन् ।

यो टोलीमा फरकफरक क्षमताका प्रहरी कर्मचारी छन् । बस्नेत र थापा अपराध अनुसन्धानमा पोख्त छन् । शाही साइबर अपराध अनुसन्धानमा, न्यौपाने पोलिग्राफ परीक्षण र कौशल कल डिटेल विश्लेषणमा पोख्त मानिन्छन् । सुवेदी, आचार्य र कार्की देशभरका प्रहरी कर्मचारीविरुद्ध आउने उजुरी हेर्ने शाखामा छन् ।

Advertisement
Advertisement

रेग्मी अहिले कानुनका विज्ञ हुन् । उनले ‘च्यालेन्ज अफ द नेपाल पुलिस विथ स्पेसल फोकस अन मेन्टेनिङ रुल अफ ल इन्कन्टेम्पोररी सोसाइटी’ मा विद्यावारिधि गरेका छन् ।, यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top