विश्वकप छनोटमा नेपालको पाँचौ हार

२४ जेठ ८१, शुक्रबार

२५ जेठ , एजेन्सी ।
फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा नेपाल ४–० ले पराजित भएको छ । बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल थपे ।

खेलेको १२औँ मिनेटमा हरिब अब्दल्लाह अलमुसारखले गोल गर्दै यूएईलाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि अलमुसारखले नै यूएईको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल बेहोरेको नेपालले दोस्रो हाफमा पनि दुई गोल बेहो¥यो । खेलको ५३औँ मिनेटमा अली सालेहले गोल गर्दै यूएईलाई ३–० को अग्रतामा राखेका थिए ।

यस्तै, ७५औँ मिनेटमा अब्बासले गोल गरेपछि यूएईले ४–० को जित निश्चित गरेको हो । यसअघि पहिलो लेगमा पनि नेपाल ४–० ले नै पराजित भएको थियो । छनोटमा नेपालको यो लगातार पाँचौँ हार हो । प्रतियोगितामा हालसम्म नेपालले १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । छनोटको समूह ’एच’मा रहेको नेपाल तालिकाको पुछारमा छ ।

Advertisement

छनोटमा अपराजित यूएई भने १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेलेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रंगशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।

सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रंगशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नुपर्ने जानकारी गराएको थियो । सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरबमा खेलेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरबमै खेलिने छ ।

Advertisement

एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो । बिहीबार राति नै खेलिएको समूह ‘जी’ अन्तर्गतको खेलमा साउदी अरेबियाले पाकिस्तानलाई ३–० गोलले हरायो । समूह ‘आई’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २–० गोलले पराजित गर्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top