३२ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् ।
काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् ।
उनले काठमाडौं महानगरलाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त शहर बनाइने बताए ।
उनले आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरे ।
स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ । सोही सिलसिलामा काठमाडौं महानगरले शुक्रबार नीति तथा कार्यक्रम ल्याएको हो ।