Nepal Times
Nepal Times
3
Shares

फिस्लिङ बजार नजिकै भएको दुर्घ*टनामा घाइते कार चालकको मृ*त्यु

फिस्लिङ बजार नजिकै भएको दुर्घ*टनामा घाइते कार चालकको मृ*त्यु

३२ जेठ,काठमाडौँ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै आज बिहान बस र कार ठोक्किँदा घाइते भएका कारका चालकको ज्यान गएको छ ।

कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय चालक समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान भे १ ख ४०६२ नम्बरको बस र बाग्मती प्रदेश ०२–०२९ च ३७२० नम्बरको कार ठोक्किँदा बसमा रहेका १५ र कारमा रहेका पाँच जना घाइते भएकामा कारका चालक ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १५ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चार जना सामान्य घाइते उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.