युरोकप फुटबलमा आज तीन खेल हुँदै

२ असार, एजेन्सी ।

Advertisement

युरो कप फुटबलमा आज तीन खेल हुँदैछन् ।

आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने १ बजे सर्विया र इंग्ल्यान्ड खेल्दैछन् ।

Advertisement

यसअघि स्पेन, इटाली, स्विट्जरल्यान्ड र आयोजक जर्मनीले विजयी शुरुवात गरेका छन् ।

गए राति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–०, इटालीले अल्वानियालाई २–१ र हिजो बेलुका भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ ले गोलले हराएको हो ।

Advertisement

जितसँगै समूह ’ए’ को स्विट्जरल्यान्डको तीन अङ्क भएको छ ।

यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी शुरुवात गरेको थियो । उसको पनि तीन अङ्क नै रहेको छ ।

त्यस्तै समूह ’बी’ का स्पेन साविक विजेता इटालीको पनि समान तीन अङ्क भएको छ ।

जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top