Nepal Times
Nepal Times
3
Shares

कर्णाली प्रदेशको बजेट परिमार्जन नगरे संसद् भवन नै घेराउ गर्ने चेतावनी

कर्णाली प्रदेशको बजेट परिमार्जन नगरे संसद् भवन नै घेराउ गर्ने चेतावनी

४ असार, काठमाडौँ ।

आउँदो आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।

उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।

सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले कर्णाली प्रदेशका राजमार्ग ‘मृत्यु राजमार्ग’ बनेका बताए ।

सांसद थानीले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.