×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार

५ असार, काठमाडौं । निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

Advertisement
Advertisement

आफ्नो निकटतम् प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरू कर्मचारीले आफूलाई पराजित गराएको उनको दाबी थियो । २०७९ मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनको नतिजामा उनले प्रश्न उठाएका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको इजलासले फेरि मतदान गराउनुपर्ने खनालको माग अस्वीकार गरेको हो ।

५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत भेटिएको भन्दै खनालले निर्वाचनमा धाँधली भएको दाबी गरेका थिए ।

खनालले निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिइ मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको जिकिर गरेका थिए ।

Advertisement
Advertisement

इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने एकीकृत समाजवादीका उम्मेदवार खनालले २३ हजार ८९ मत पाएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top