गृहमन्त्रीविरुद्ध नै काठमाडौं प्रहरीमा जाहेरी, अब के हुन्छ ?

६ असार, विराटनगर ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भनिएको सहकारी प्रकरणमा छानविनका लागि संसदीय समितिले काम गरिरहेको र सहकारीकै प्रकरणलाई जोडेर सर्वाेच्चमा रविविरुद्धको रिट विचाराधीन रहेको अवस्थामा सहकारी ठगी मुद्दामा रविविरुद्ध अर्को जाहेरी दर्ता भएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो ।

Advertisement

सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र जीबी राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए । उक्त जाहेरी हिजो बुधबार दर्ता भएको हो ।

यसैबीच गृहमन्त्री लामिछानेले भने गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन् । आफूले मलेसियाका गृहमन्त्रीसँग कुरा जीबी राईका बारे कुराकानी गरिसकेको पनि गृहमन्त्री लामिछानेले बताएका छन् ।

Advertisement

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसनसमेत पत्ता लागेको जानकारी दिएका हुन् ।

उनले भने ’यस विषयमा अनुसन्धान धेरै नजिकमा आइपुगेको छ । योबीचमा मलेसियाका गृहमन्त्रीसँग मेरो २ पटक कुराकानी भएको छ । ३/४ दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ । तर नजिक छौँ । हाम्रो कोसिस दिनरात हामी गरी नै रहेका छौँ ।’

जीबी राई कहाँ छन् भन्ने थाहा छ त ? भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ’मलाई गृहमन्त्रीले नै कन्फर्म गर्नु भएको छ लोकेसन ।’

पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि जीबी राई फरार छन ।

फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन । राईसहित १४ जना अझै फरार छन ।

राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ ।

त्यसमध्ये सूर्यदर्शनको हिनामिनासम्बन्धी कसुर मात्रै अनुसन्धान भएर राईसहित प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । राई संलग्न अन्य सहकारीको हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यता रवि लामिछानेको नाम मुछिएका सहकारीहरुको नामै उल्लेख गरेर संसदीय विशेष छानविन समिति पनि बनेको छ, जसले आफ्नो काम पनि सुरु गरिसकेको छ ।

यस्तै सहकारी प्रकरणमा जोडिएकै कारण रविले गृहमन्त्रालयको नेतृत्व सम्हाल्न नमिल्ने भन्दै सर्वाेच्चमा समेत रिट दायर भएको छ । रविलाई गृहमन्त्रीबाट पदमुक्त गर्नुपर्ने माग गरिएको सो रिट विचाराधीन रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top