×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

एसईईको नतिजा लेटर ग्रेडिङमा,धेरै फेल हुने डर ,कसरी, कहाँ हेर्ने नतिजा ?

११ असार २०८१

१० असार , काठमाण्डौ ।

नेपाल राष्ट्रिय परीक्षा बोर्डले यही असार १४ भित्र माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । यसका लागि परीक्षा बोर्डले परीक्षा परिणामहरू विभिन्न माध्यमहरूबाट सजिलै हेर्न सकिने व्यवस्था मिलाएको छ । वेबसाइट, एसएमएस र आइभीआर मार्फत नतिजा तत्कालै हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

Advertisement
Advertisement

यसका लागि नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बोल नम्बर पठाएर तथा १६०० डायल गरेर नतिजा थाहा पाउन सकिनेछ । स्विफ्ट टेक्नोलोजी प्रा. लि.मा ३४४५५ मा आफ्नो नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ । जानकी टेक्नोलोजी प्रा. लि.को ३५००१ मा आफ्नो नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ ।

यसैगरी इजी सर्भिस प्रा. लि.को ३४९४९ तथा आकाश टेक प्रा. लि.को ३१००३ मा नम्बर पठाएर पनि नतिजा थाहा पाउन सकिन् छ । एसईईको नतिजा विभिन्न वेबसाइटहरू मार्फत पनि हेर्न सकिनेछ ।

यसका लागि :
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी,वेबसाइटः www.ee.gov.np

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी ,वेबसाइटः www.neb.gov.np

नेपाल टेलिकम, वेबसाइटः www.see.ntc.net.np

स्विफ्ट टेक्नोलोजी प्रालि,वेबसाइटः httpsM //blog.imepay.com.np/see–result

एडुसञ्जल,वेबसाइटःwww.see.edusanjal.com

कान्तिपुर पब्लिकेशन्स लि.,वेबसाइटः www.ekantipur.com

खल्ती प्रा ,वेबसाइटः https M //khalti.com.app

ईसेवा लिमिटेड,वेबसाइटःsee.esewa.com.np

फोनिक्स शिक्षा फाउन्डेशन,वेबसाइटः see.esewa.com.np

एनसेल एशियाटा लिमिटेड,वेबसाइटःhttps M //bit.ly/GetNcellApp

को वेभसाइटबाट समेत नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ ।

र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक ल्याएको छैन भने मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा व्यवस्था छ । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

यसअघि पुरानो ग्रेडिङ प्रणालीमा चाहिं सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा पाएको अंकलाई जोडिन्थ्यो र ईसम्म ग्रेड निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइन्थ्यो । सैद्धान्तिक विषयतर्फ सी (३२ अंक) वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको थियो ।

ग्रेडिङ (अक्षरांकन) प्रणालीले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले विद्यालय शिक्षामा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा विद्यालय तहमा उत्तीर्ण हुन सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।नयाँ निर्देशिका लागू भएसँगै यो वर्ष एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।

 

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top