अमेरिकामा सुपुर्दगी हुनबाट कसरी बचे जुलिअन असान्ज ?

११ असार , एजेन्सी ।

पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन् । एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि उनी लन्डन उच्च अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो । अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेका इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो । अदालतको पत्रअनुसार जुलिअन अस्ट्रेलिया फर्किनेछन् ।

Advertisement

‘जुलिअन असान्ज स्वतन्त्र छन’, विकिलिक्सले सोसल मिडिया प्लेटफर्म एक्समा भनेको छ, ‘१९०१ दिनको कारावास पछि उनी जुन २४ (सोमबार) बिहान बेलमार्स जेलबाट बाहिर निस्कएका छन् । उनले लन्डन उच्च अदालतबाट जमानत पाए।’ विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयासका कारण जुलिअन असान्ज रिहा हुन सफल भएको विकिलिक्सले उल्लेख गरेको छ ।

असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका हुन् । उनी निजी विमानमार्फत त्यहाँबाट उडेका थिए । उनी कता जाँदैछन् भन्ने केही खुलाइएको थिएन । उनको विमान कता जान्छ भनेर संसारभरिबाट ‘ट्रयाकिङ’ भइरहेको थियो । यसैबीच असान्ज चढेको विमान रिफ्युलका लागि बैंककस्थित डोन मुइन्ग विमानस्थलमा रोकिने थाइ अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले मंगलबार जनायो ।

त्यसक्रममा यसमा रिफ्युल गर्ने र पानी पनि रिसप्लाइ गरेर राति ९ बजे साइपान आइल्यान्डतर्फ लाग्ने” बताइएको छ । उनी बुधबार बिहान नोर्थन मेरियाना आइल्यान्डको साउथ प्यासिफिकमा भएको अमेरिकी भूभागस्थित अदालतमा हाजिर हुने कार्यक्रम छ । असान्ज पाँच वर्षयता बेलायतको जेलमा थिए । जेलबाटै उनले अमेरिकामा सुपुर्दगी नहुन मुद्दा लडिरहेका थिए ।

अब असान्ज अमेरिकामा हिरासतमा बस्नुपर्ने छैन । उनी अब अस्ट्रेलिया जान पाउनेछन् । यद्यपी अमेरिकी प्रशासनसँगको सहमतिअनुसार अब असान्जले एक अमेरिकी अदालतमा गएर आफूले गरेका कामको गल्ती महसुस गर्नुपर्नेछ । तर उनले अमेरिकामा जेलजीवन भने बिताउनुपर्ने छैन । उनको जेलजीवनको गणना ‘क्रेडिट’का रूपमा लन्डनमा पाँच वर्ष बिताएको कैदलाई नै मानिनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top