अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा

११ असार ८१, मंगलबार

११ असार , काठमाण्डौ ।

टी–२० विश्वकप २०२४ को सेमिफाइनलको समीकरण पूरा भएको छ । सुपर–८ को समूह १ बाट भारत शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगेका छन् । यस्तै समूह २ बाट दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमिफाइनलमा पुगेको हो । आज भएको खेलमा बंगलादेशलाई अफगानिस्तानले पराजित गरेसंगै सेमिफाइनल समीकरण पुरा भएको हो ।

अफगानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया भने सुपर–८ बाटै बाहिरिएको छ । आज एर्नोस भेले ग्राउन्डमा भएको सुपर ८ को अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको हो ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बन्दा डिएलएस नियमको आधारमा २० ओभरको खेल १९ ओभरमा सिमित गर्दै ११४ रनको टार्गेट तय गरिएको थियो । जसमा बङ्गलादेशले १ ओभर १ बल बाँकी छदै अलआउट भएर १०५ रन मात्रै बनाउन सक्यो ।

बङ्गलादेशका लागि लिटन दासले सर्वाधिक ५४ रनको पारी खेले पनि त्यो जितका लागि काम लागेन । अफगानी बलका सामने कमजोर बनेका बङ्गलादेशी खेलाडीहरू धेरै बेर टिक्न सकेनन् । बङ्गलादेशको सेमिफाइनल यात्रा रोक्न्का लागि अफगानिस्तानका कप्तान राशिद खान र नविन उल हकले समान ४÷४ विकेट लिए भने गुलबदिन नायब र फजलहक फारुकीले समान १÷१ विकेट लिए ।

यससंगै राशिद टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले ।

अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बङ्गलादेशका लागि रिसाद होसेनले सर्वाधिक ३ विकेट लिँदा तन्जिम हसन शाकिब र मस्तफिजुर रहमानले समान १, १ विकेट लिए ।

यस्तै गएराति भएको खेलका अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ अन्तर्गत समूह ’ए’ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो । भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो ।

उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । यस्तै कुल्दिप यादवले दुई, जसप्रित बुम्राहा र अक्षर पटेलले समान एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ९२ र सूर्यकुमार यादवले ३१ रन बनाए । अस्ट्रेलियका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई तथा जोश हेजलउडले एक विकेट लिए । अब अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top