जहाँ कोही पुगेनन् त्याहा पुग्यो चीन,चन्द्रमामा चमत्कार

११ असार , एजेन्सी ।
छिमेकी राष्ट्र चीनले अन्तरिक्षमा ठूलो सफलता हासिल गरेर फेरि नयाँ इतिहास रहेको छ । चीनको रोबोट चाङ्गे ६ मिसन आज मंगलबार जुन २५मा चन्द्रमाको रहस्यमय अध्यारो भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ। चाङ्गे ६ को रिटर्न क्याप्सुल चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा अवतरण भएको छ। चाङ्गे ६ मा चार मोड्युलहरू छन्।

यसमा चन्द्रमा ल्यान्डर, रिटर्न क्याप्सूल, अर्बिटर र एसेन्डर (ल्यान्डरले बोकेको सानो रकेट) समावेश हुन्छ। चीनले मे ३ मा यो मिसन प्रक्षेपण गरेको थियो र पाँच दिनपछि यो चन्द्रमाको कक्षमा पुगेको थियो । जुन १ मा ल्यान्डर दक्षिण ध्रुव–एटकेन (एसपीए) बेसिन भित्र अवस्थित अपोलो क्रेटर भित्र अवतरण भएको चिनियाँ संचारमाध्यामलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

यो चन्द्रमाको टाढा भागमा १६ सय माइलको क्षेत्र हो। चिनियाँ ल्यान्डरले स्कूप र ड्रिल प्रयोग गरेर ४ दशलमव ४ पाउन्ड (२ किलोग्राम) चन्द्र सामग्री सङ्कलन गरेको स्पेश डटकमले जनाएको छ । बहुमूल्य कार्गो जुन ३ मा एसेन्डरमा लन्च गरिएको थियो र केही दिन पछि मिसनको अर्बिटरसँग पुनः मिलाइएको थियो।

Advertisement

नासाका अनुसार अर्बिटरले आफ्नो रिटर्न क्याप्सुलमा नमूनाहरू लिएर जुन २१ तिर पृथ्वीतर्फ अघि बढ्न थालेको थियो । मंगलबार बिहान क्याप्सुल अवतरणसँगै यो लामो यात्रा टुंगिएको छ । चन्द्रमाबाट नमूनाहरू ल्याउन गर्न सफल भएको चीनको चाङ्गे ६ पहिलो मिसन होइन । सन् २०२० मा सुरु गरिएको सोभियत संघ, अमेरिका र चीनको चाङ्गे ५ मिसनले पनि चन्द्रमाबाट सामग्री ल्याएको छ ।

यद्यपि, अघिल्लो प्रयासहरूले चन्द्रमाको नजिकको छेउबाट सबै नमूनाहरू र चट्टानहरू सङ्कलन गरेका छन् । तर चाङ्गे ६ ले भने चन्द्रमाको टाढाको भागबाट नमूनाहरू सङ्कलन गरेको छ । जुन नजिकको पक्ष भन्दा धेरै फरक छ। चीन यस्तो गर्ने पहिलो देश हो । चन्द्रमाको यो भाग पृथ्वीबाट टाढा छ, त्यसैले त्यहाँ सञ्चालन हुने अन्तरिक्ष यानसँग सञ्चार गर्न रिले उपग्रहहरू आवश्यक पर्दछ।

Advertisement

यस्तो अवस्थामा वैज्ञानिकहरू चाङ्गे ६ को नमूनाहरू नजिकबाट हेर्न उत्साहित छन्। वैज्ञानिकहरू विश्वास गर्छन् कि चाङ्गे ६ द्वारा ल्याइएको नमूनाहरूले सौर्यमण्डलको प्रारम्भिक इतिहासको बारेमा केही अनुत्तरित प्रश्नहरूको जवाफ खोज्न मद्दत गर्न सक्छ । द प्लानेटरी सोसाईटीले चाङ्गे ६ मिशनको बारेमा भनेको छ ,हामी चन्द्रमाको इतिहास राम्रोसँग बुझ्न सक्षम हुनेछौं।

चाङ्गे ६ चीनको दोस्रो मिसन हो । जुन चन्द्रमाको टाढा भागमा गएको थियो। चीनको अन्तरिक्ष–सम्बन्धित मिसन चाङ्गे ६ सँग समाप्त हुँदैन। चीनले २०२६ मा चाङ्गे ७ र २०२८ मा चाङ्गे ८ लन्च गर्ने योजना बनाएको छ। यस मिसनले चन्द्रमा आधार निर्माण गर्न आवश्यक प्रविधिहरूको परीक्षण गर्न मद्दत गर्नेछ । जुन चीनले २०३० मा पानी–बरफले धनी दक्षिणी ध्रुव नजिक निर्माण गर्ने लक्ष्य राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top