कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

१४ मंसिर , काठमाण्डौ ।

Advertisement

अमेरिकाको ’फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ले कोभिड खोपका कारण १० बालबालिकाको मृत्यु भएको खुलासा गरेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले देशमा कोभिड–१९ खोपका कारण कम्तीमा १० जना बालबालिकाको मृत्यु भएको बताएको छ।

यसको एउटा सम्भावित कारण मायोकार्डाइटिस वा मुटु सुन्निने समस्या बताइएको छ। एफडीएका प्रमुख मेडिकल तथा वैज्ञानिक अधिकृत विनय प्रसादले एजेन्सीका कर्मचारीलाई पठाएको एक मेमोमा उल्लेख गरेअनुसार, एक समीक्षामा कम्तीमा १० जना यस्ता बालबालिकाको पहिचान भएको छ, जसको मृत्यु कोभिड–१९ खोप लगाएपछि र त्यसकै कारणले भएको हो।

Advertisement

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रसादले मेमोमा लेखेका छन्, “यी मृत्युहरू खोपसँग जोडिएका छन्।“ यो निकै ठूलो खुलासा भएको वैज्ञानिकहरुले समेत टिप्पणी गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अमेरिकी एफडीएले पहिलो पटक कोभिड–१९ खोपबाट अमेरिकी बालबालिकाको मृत्यु भएको कुरा स्वीकार गरेको छ । मेमोमा बालबालिकाको उमेर, स्वास्थ्य अवस्था वा यसमा संलग्न खोप निर्माताहरूको बारेमा भने खुलाइएको छैन।

Advertisement

यी नतिजाहरू २०२१ देखि २०२४ को बीचमा भएका ९६ मृत्युहरूको प्रारम्भिक अध्ययनमा आधारित थिए। प्रसादले भनेका छन् कि यसबाट कम्तीमा १० जनाको मृत्यु कोभिड–१९ खोपसँग जोडिएको निष्कर्ष निस्कन्छ।

प्रसादले मेमोमा लेखेका छन्, “७ देखि १७ वर्षका बालबालिका कोभिड खोपका कारण मर्न सक्छन् भन्ने खालका घटनाहरू पढ्न निकै गाह्रो हुन्छ।“ उनले खोपको निगरानीलाई अझ कडा बनाउने योजनाको घोषणा पनि गरेका छन् ।

प्रसादले उल्लेख गरेका छन् कि कोभिडका कारण बालबालिकाको तुलनामा वृद्धवृद्धाहरूको मृत्यु हुने र अस्पताल भर्ना हुनुपर्ने सम्भावना बढी हुन्छ, तर मुटु सुन्निने समस्या भने प्रायः स्वस्थ युवा केटा र पुरुषहरूमा देखिन्छ।

अर्को शब्दमा भन्नुपर्दा, जसले साइड इफेक्ट भोग्नुपर्यो, त्यो जतिसुकै दुर्लभ भए पनि, उनीहरू नै कोभिडबाट सबैभन्दा कम जोखिममा थिए। व्यावसायिक बीमा दाबीहरूको विश्लेषणका आधारमा, एफडीएद्वारा स्वीकृत एमआरएनए कोभिड खोपको प्याकेज विवरणमा उल्लेख छ कि १२ देखि २४ वर्ष उमेर समूहका पुरुषहरूमा प्रति १० लाख डोजमा २७ जनामा मायोकार्डाइटिसको समस्या देखिएको छ ।

किशोर तथा युवा पुरुषहरूलाई दिइने हरेक ३७,००० डोजमध्ये करिब १ जनामा यो समस्या देखिन्छ। प्रसादले इमेलमा आफ्नो विचार बदल्ने तत्परता र सार्वजनिक रूपमा सूचना लिक हुने कुराप्रतिको आफ्नो विरोध, दुवै विषयमा टिप्पणी गर्ने अवसरको उपयोग गरेका छन् ।

एफडीएको यो समीक्षालाई समकक्षी समीक्षा गरिएको छैन। यसअघि न्यूयोर्क टाइम्सले आफ्नो रिपोर्टमा नयाँ एफडीए समीक्षाका नतिजाहरू कुनै पियर–रिभ्युड मेडिकल जर्नलमा प्रकाशित नभएको बताएको थियो। रोग नियन्त्रण तथा रोकथाम केन्द्रको खोप समितले अर्को हप्ता बैठक गर्ने भएको छ।

यसैबीच, अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले कोभिड खोपसम्बन्धी सरकारी नीतिमा ठूलो परिवर्तन गरेका छन्। यस अन्तर्गत ६५ वर्ष र सोभन्दा बढी उमेरका मानिसहरूका साथै अन्य कुनै रोग भएका मानिसहरूमा मात्र यसको पहुँच सीमित गरिएको छ।

डोनाल्ड ट्रम्पको प्रशासनमा स्वास्थ्य मन्त्रीको पद सम्हाल्नु अघि केनेडी लामो समयसम्म खोप विरोधी अभियानसँग जोडिएका थिए। केनेडीले खोपलाई अटिजमसँग पनि जोडेका छन्।

यद्यपि, ट्रम्पको पहिलो कार्यकालमा जब कोरोना भाइरस महामारी फैलिएको थियो र त्यसपछि आएको बाइडेन प्रशासनमा, अमेरिकी स्वास्थ्य अधिकारीहरूले खोपलाई जीवन रक्षक बताएका थिए। एफडीए कमिश्नर मार्टी मकारीले फक्स न्युजमा प्रसारित एक टिभी अन्तर्वार्तामा १० बालबालिकाको मृत्युको रिपोर्टलाई पुष्टि गरेका छन्।

मकारीले ’फक्स एण्ड फ्रेन्ड्स’ लाई बताए अनुसार २०२० मा रिलिज भएको कोभिड खोप जोखिममा रहेका मानिसहरू र वृद्धवृद्धाहरूका लागि धेरै राम्रो थियो। तर उनले भने कि अब युवाहरूलाई हरेक वर्ष कोभिड खोप दिनु विज्ञानमा आधारित छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top