×

NEPAL TIMES UPDATES

Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026
Playing
Top 15 Afternoon News || May-10-2026 || Nepal Times
May 10, 2026
Playing
होर्मुज स्ट्रेटमा आ*क्रमण गरिए ‘ठुलो हम*ला’ गर्ने इरानको चेतावनी|| Nepal Times
May 10, 2026
Playing
कांग्रेस नेताहरूमाथि भ्रष्टाचारको कलंक, बीपीको निष्ठा खोई ? || Nepal Times
May 10, 2026
Playing
प्रधानमन्त्री बालेनसँग बमबम सुशीला, यस्ता छन् कारण || Nepal Times
May 10, 2026

एकरातको वर्षाले विराटनगर र बुटवल जलमग्न

१३ असार २०८१

१२ असार , विराटनगर ।

मनसुनी वायुको प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गर्मीले आहत विभिन्न ठाउँका बासिन्दालाई वर्षाले राहत महसुस गरे पनि बाढी, पहिरो र डुबानको समस्या आउन थालेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाका ३,४ ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो ।

Advertisement
Advertisement

अत्यधिक वर्षाका कारण सिंघिया खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ । त्यस्तै वर्षातको पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको छ । लगातारको वर्षाले विराटनगरका उत्तरी क्षेत्र समेत डुबानमा परेका छन् । विराटनगरमा अधिकांश क्षेत्रका सडक जलमग्न छन् । यस्तै, वर्षाका कारण बुटवल पनि जलमग्न भएको छ ।

वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । डुबानको समस्या मात्रै होइन, केही ठाउँमा भौतिक र मानवीय क्षतिसमेत भएको विवरणहरू प्राप्त भएका छन् । पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । उता कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार बिहान चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भित्रियाका ३१ वर्षीय जयराम डगौँरा र धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका ४७ वर्षीय सालिन चौधरीको मृत्यु भएको हो । यस्तै, विद्यालय जाँदै गर्दा चट्याङ लागेर घोडाघोडी नगरपालिका–९ बुदेनीका ३ बालिकाहरू गम्भीर घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् । घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए ।

इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । यसैगरी गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । यस्तै, लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले बताएका छन् । यसैगरी बढीले बगाउँदा सोही परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि राजमार्ग भएर गुड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । २ दिनअघिमात्रै पोखराकै जिरोकिलोमिटरमा पनि सडक भासिएको थियो । सुनसरी, मोरङ ,भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको छ ।

आज विभिन्न साना तथा ठूला नदीहरुमा बाढीको सम्भावना छ । गएरातिदेखिको भारी वर्षाका कारण बाढीको सम्भावना रहेको हो । उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

Advertisement
Advertisement

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट भएर बग्ने नदी तथा खोलामा पनि जलसतह बढ्ने विभागको भनाइ छ । धादिङ, गोरखा, बाग्लुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्यूठान, रोल्पा, सल्यान, रुकुम–पूर्व, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपास जिल्ला भएर बग्ने नदीमा बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको आग्रह छ । कमला नदीमा बहाव उल्लेख्य बढ्ने भन्दै विभागले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top