एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

१२ असार ८१, बुधबार

१२ असार , विराटनगर।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ ।

कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

Advertisement

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । परीक्षा बोर्डले परीक्षा परिणामहरू विभिन्न माध्यमहरूबाट सजिलै हेर्न सकिने व्यवस्था मिलाएको छ । वेबसाइट, एसएमएस र आइभीआर मार्फत नतिजा तत्कालै हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

यसका लागि नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बोल नम्बर पठाएर तथा १६०० डायल गरेर नतिजा थाहा पाउन सकिनेछ । स्विफ्ट टेक्नोलोजी प्रा. लि.मा ३४४५५ मा आफ्नो नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ । जानकी टेक्नोलोजी प्रा. लि.को ३५००१ मा आफ्नो नम्बर पठाएर नतिजा थाहा पाउन सकिन्छ । यसैगरी इजी सर्भिस प्रा. लि.को ३४९४९ तथा आकाश टेक प्रा. लि.को ३१००३ मा नम्बर पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ ।

एसईईको नतिजा विभिन्न वेबसाइटहरू मार्फत पनि हेर्न सकिनेछ । यसका लागि
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी ,वेबसाइटः www.ee.gov.np

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी ,वेबसाइटः www.neb.gov.np

नेपाल टेलिकम ,वेबसाइटः www.see.ntc.net.np

स्विफ्ट टेक्नोलोजी प्रालि ,वेबसाइटःhttpsM //blog.imepay.com.np/see–result

एडुसञ्जल,वेबसाइटःwww.see.edusanjal.com

कान्तिपुर पब्लिकेशन्स लि.,वेबसाइटः www.ekantipur.com

खल्ती प्रा ,वेबसाइटःhttps M //khalti.com.app

ईसेवा लिमिटेड,वेबसाइटःsee.esewa.com.np

फोनिक्स शिक्षा फाउन्डेशन,वेबसाइटः www.ayoresult.com

एनसेल एशियाटा लिमिटेड,वेबसाइटःhttps M //bit.ly/GetNcellApp को वेभसाइटबाट समेत नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ ।

र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक ल्याएको छैन भने मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा व्यवस्था छ । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top