महिला एशिया कपः उद्घाटनमा नेपाल भर्सेस युएई

१२ असार ८१, बुधबार

१२ असार , एजेन्सी ।
श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दैछन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ’ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी–२० महिला एशिया कप खेलेको थियो । यता लेबनानमा हुने सेडास वुमेन्स कप–२०२४ को पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जोर्डनसँग भिड्ने भएको छ । लेबनान फुटबल संघले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले असार २६ गते जोर्डनसँग खेल्ने भएको हो ।

Advertisement

साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल जोर्डनसँग टाइब्रेकरमा हारेको थियो । सेडास वुमेन्स कपअन्तर्गत दोस्रो खेलमा असार २९ गते नेपाल बंगलादेशविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले साउन १ गते लेबनानसँग खेल्ने तालिका छ । चार देश सम्मिलित प्रतियोगिता सिंगल राउन्ड रोविनमा हुनेछ ।

समूह चरणको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताका लागि नेपालले २२ सदस्यीय टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीको अन्तिम नामावली घोषणा गरेको हो । वाफ च्याम्पियनसिप खेलेको टोलीबाट मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बुले पुनरागमन गरेका छन् ।

Advertisement

यो प्रतियोगितापछि नेपालले कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ । नेपालले यो प्रतियोगितालाई साफकै तयारीका रूपमा लिएको छ । नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ यस्तै डिफेन्डरः अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे रहेका छन् ।

यसैगरी मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी, फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top